१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

च्याम्पियन्स लिग : बायर्नसँग चेल्सी स्तब्ध

एएफपी

लन्डन — सर्ज जनार्बीले बायर्न म्युनिखलाई युरोपेली च्याम्पियन्स लिग क्वाटरफाइनलको संघारमा पुर्‍याएका छन् । उनको दुई गोलको मद्दतले बायर्नले स्टायनफोर्ड ब्रिजमा भएको अन्तिम १६ पहिलो लेगको खेलमा चेल्सीलाई ३–० ले हरायो । गत सिजन बायर्नले टोटनहमलाई ७–२ ले हराउँदा पनि यी जर्मन खेलाडीले चार गोल गरेका थिए । 

च्याम्पियन्स लिग : बायर्नसँग चेल्सी स्तब्ध

चेल्सीविरुद्ध जनार्बीले तीन मिनेटको अन्तरमा दुई गोल गरे । बायर्नको तेस्रो गोल रोबर्टो लेवनडोस्कीको नाममा रह्यो । खेलको ८३ औं मिनेटमा डिफेन्डर मार्कोस एलोन्सोले रातो कार्ड खाए र चेल्सी १० खेलाडीमा सीमित रहेको थियो । अब दोस्रो लेगको खेल मार्च १८ मा म्युनिखमा हुनेछ र त्यसमा फर्कन चेल्सीले चमत्कारी प्रदर्शन गर्नु पर्नेछ ।


पूर्व आर्सनल खेलाडी फेरि एकपल्ट लन्डन भूमिमा नायक सावित भए । आर्सनलमा छँदा असफल रहेका जनार्बीलाई ऋणमा वेस्ट ब्रुम समेत पठाइएको थियो । तर बायर्न गएयता यी २४ वर्षीय विन्गरले पुर्नजीवन पाएका छन् । घरमै बेहारेको स्तब्धपूर्ण हारले चेल्सी भने प्रतियोगिताबाट बाहिरिने निश्चित स्थितिमा पुगेको छ ।

प्रकाशित : फाल्गुन १४, २०७६ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?