कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

राइनो गोल्डकप : पुलिस फाइनलमा

नारायण शर्मा

नवलपरासी — पूर्वी नवलपरासीको कोल्हुवामा जारी राइनो संरक्षण गोल्डकप फुटबलमा मंगलबार नेपाल पुलिस क्लब फाइनलमा पुगेको छ । पुलिसले च्यासल युथ क्लबलाई २–० ले पराजित गर्दै उपाधिमाथि दाबेदारिता जमाएको हो ।

राइनो गोल्डकप : पुलिस फाइनलमा

पुलिसका बुद्धिबल तामाङ एक्लैले २ गोल गरेका हुन । उनले ४३ औं र ७४ औं मिनेटमा गोल गरेका थिए । उनी नै म्यान अफ द म्याच घोषित भए । उनले ५ हजार रुपैयाँ हात पारे । खेलको सुरुदेखि नै पुलिसले च्यासललाई लगातार दबाबमा राखेको थियो ।


मध्यविन्दु नगरपालिका–४ स्थित राइनो फुटबल मैदानमा बुधबार पुलिस र आर्मीबीच फाइनल हुने संयोजक दोमन भण्डारीले बताए ।

प्रकाशित : फाल्गुन १३, २०७६ २१:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?