कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

कोहलीसँग क्रिकेट खेल्दै सन्दीप

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली क्रिकेट टिमका स्पीनर सन्दीप लामिछाने एसिया-११बाट खेल्ने भएका छन् । बंगलादेशले यही मार्चमा आयोजना गर्न लागेको एसिया-११ र विश्व-११ बीचको अन्तर्राष्ट्रिय खेलमा सन्दीपको नाम एसिया-११मा परेको हो ।

कोहलीसँग क्रिकेट खेल्दै सन्दीप

बंगलादेशको क्रिकेट बोर्डले आफ्नो राष्ट्रपिता बंगबन्धु शेख मुजिबर रहमानको शतवार्षीकी जन्मोत्सवको अवसर पारेर एसिया-११ र विश्व-११ बीच दुई सिरिजको अन्तर्राष्ट्रिय प्रतियोगताको आयोजना गर्न लागेको इएसपीएन क्रिक इन्फोले जनाएको छ ।


क्रिक इन्फोले भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले एक खेल मात्रै खेल्‍ने छन् भने लामिछाने पनि 'खेल्‍न सक्‍ने' बताएको छ । बंगलादेशको मिरपुरमा मार्च १८ र २१ मा हुने यी प्रतियोगितालाई अन्तर्राष्ट्रिय मान्यता दिइएको छ ।


एसिया-११मा भारतीय टिमका कप्तान विराट कोहली, केएल राहुल,अफगानस्तानका रशिद खान, श्रीलंकाका लसिथ मालिंगा, बंगलादेशका मुस्ताफिजुर रहमान लगातका खेलाडीहरु समावेश छन् ।


त्यसैगरी विश्व-११बाट क्रिस गेल,जोनी ब्रिस्टो,एलेक्स हेल्स लगायतका खेलाडीहरु खेल्दै छन् ।

प्रकाशित : फाल्गुन १३, २०७६ १७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?