कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

आइरिस क्रिकेटर केभिन ओ'ब्रायन पुन: काठमाडौं किंग्समा

कान्तिपुर संवाददाता

काठमाडौँ — एभरेष्ट प्रिमियर लिग(ईपीएल)का लागि काठमाडौं किंग्स इलाभेनले आयरल्यान्डका स्टार खेलाडी केभिन ओ'ब्रायनलाई भित्र्याएको छ ।

आइरिस क्रिकेटर केभिन ओ'ब्रायन पुन: काठमाडौं किंग्समा

नेपाली क्रिकेटप्रेमीसामु परिचित रहेका ओ'ब्रायन सन् २०१८ मा काठमाडौं किंग्सबाटै ईपीएल खेलेका थिए । उनी त्यस संस्करणमा ७ खेलमा ९ विकेट लिँदै प्रतियोगितामै सबैभन्दा बढी विकेट लिने खेलाडी थिए । साथै प्रतियोगितामा सबैभन्दा बढी रन बनाउने पनि उनी नै थिए ।

केभिन ओ'ब्रायन सन् २००६ देखि आइरिस टोलीको महत्वपूर्ण सदस्य रहेका छन् । उनले आयरल्यान्डबाट तीन वटा एकदिवसीय र ५ वटा टी-२० विश्‍वकप क्रिकेटमा सहभागिता जनाएका छन् ।

काठमाडौं किंग्सका सीईओ राजजंग थापाले ओ'ब्रायन विश्‍वस्तरीय खेलाडी भएको र उनको नेतृत्व र खेलकौशलले टिमले उत्कृष्ट प्रदर्शन गर्ने विश्‍वास व्यक्त गरेका छन् ।

एभरेष्ट प्रिमियर लिग आउँदाे मार्च १४ देखि त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।

प्रकाशित : फाल्गुन १३, २०७६ १५:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?