कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पाथीभरा म्याराथनको उपाधि सुमन र सुनमायालाई

आनन्द गौतम

ताप्लेजुङ — पाथीभरा म्याराथन प्रतियोगिताको खुल्लातर्फको उपाधि सुमन कुलुङ र महिलातर्फको उपाधि सुनमाया बुढा क्षेत्रीले जितेका छन ।

पाथीभरा म्याराथनको उपाधि सुमन र सुनमायालाई

मंगलवार विहान भएको प्रतियोगितामा खुलातर्फ सोलुखुम्वूको महाकुलुङ गाउँपालिकाका सुमन कुलुङले ४ घण्टा १३ मिनेट २७ सेकेण्डमा निर्धारित ५४ किलोमिटर दूरी पार गर्दै उपाधि जिते । आयोजकले ४७ किलोमिटर भनेपनि मोटरवाटोबाटै कुदाएपछि ७ किलोमिटर दूरी वढेको थियो ।

पाँचथर फिदिमका प्रताप थाम्सोहाङले ४ घण्टा १४ मिनेट ९ सेकेण्डमा दूरी पार गर्दै दोस्रो भए । रुकुम मुसिकोटका दुर्गाराज वुढाले ४ घण्टा २९ मिनेट १७ सेकेण्डमा दूरी पार गर्दै तेस्रो भए ।


महिलातर्फ जुम्लाको पातारासी गाउँपालिकाकी सुनमाया बुढाक्षेत्रीले ४४ किलोमिटर दूरी ३ घण्टा ३८ मिनेटमा पूरा गर्दै प्रथम भइन । प्रतिष्पर्धी त्रिभुवन आर्मी क्लवकी सरिता वासीभन्दा १० मिनेट चाँडो गन्तब्यमा पुग्दै उनले उपाधि हात पारेकी हुन ।

वासी ३ घण्टा ४८ मिनेटमा दूरी पार गर्दै दोस्रो भइन । धादिङ धुनिबेसींकी रसिला तामाङले ४ घण्टा ५९ सेकेण्डमा दूरी पार गर्दै तेस्रो भइन ।


खुलातर्फका विजेताले १ लाख ५१ हजार, उप–विजेताले १ लाख ११ हजार र तेस्रो भएकाले ५१ हजार रुपैयाँ पुरस्कार पाएका छन् ।

महिला तर्फ प्रथमले ८१ हजार, दोस्रोले ५१ हजार र तेस्रोले ३१ हजार रुपैयाँ पुरस्कार पाएका छन् ।

प्रकाशित : फाल्गुन १३, २०७६ १३:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?