कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खप्तड गोल्डकप : गोर्खा ब्बाइजसँग संगम पराजित

कान्तिपुर संवाददाता

धनगढी — सुनौलो संगम क्लब धनगढीमा भइरहेको चौथो नेपाल आइस सुदूरपश्चिम आमन्त्रण खप्तड गोल्डकप फुटबलमा सोमबार पराजित भएको छ । 

खप्तड गोल्डकप : गोर्खा ब्बाइजसँग संगम पराजित

धनगढी रंगशालामा भएको प्रिक्वाटरफाइनलमा रूपन्देहीको गोर्खा ब्बाइज क्लबले सुनौलो संगम क्लबलाई टाइब्रेकरमा ५–३ ले परातिज गरेको थियो । निर्धारित समयमा गोलरहित भएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टी सुटआउटमा गोर्खा ब्बाइजका हरि कठायत, अनिश तामाङ, रन्दीप पौडेल, निशान न्यौपाने र कप्तान उत्तम गुरुङले गोल गरे । सुनौलो संगमका रन्जित थापा, अजित थापा र शंकर न्यौपानेले मात्र गोल गरे । सुनौलो संगमका कप्तान मोहन थापाको प्रहार गोर्खा ब्बाइजका गोलकिपर मनोज गुरुङले विफल पारेका थिए । खेलको म्यान अफ द म्याच गोलरक्षक मनोज भए ।


क्वाटरफाइनलमा गोर्खा ब्वाइजले ‘ए’ डिभिजन क्लब हिमालयन शेर्पाको सामना गर्नेछ ।यसअघि तेस्रो मिनेटमै रोशन रानाको पासमा सुरज घलानले गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरिँदा गोर्खा ब्वाइजले अग्रता लिने अवसर गुमाएको थियो । १९ औं मिनेटमा संगमका मोहनले गरेको प्रहार गोलकिपर मनोजले नियन्त्रणमा लिए । ५० औं मिनेटमा गोर्खा ब्बाइजले अवसर पाए पनि सदुपयोग भएन । हरि कठायतको प्रहार गोलकिपर किरण थापा बिट भइसकेको अवस्थामा पोस्टमा लागेर फर्कियो ।


मंगलबार पहिलो क्वाटरफाइनलमा कञ्चनजंघा एफसी भारतले आयोजक सुदूरपश्चिम ११ को सामना गर्नेछ । त्यस्तै अन्य दिनको क्वाटरफाइनलमा नेपाल पुलिस र एपीएफ, थ्रीस्टार र नवजागृति युवा, गोर्खा ब्बाइज र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित : फाल्गुन १३, २०७६ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?