३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

राइनो कप : आर्मी फाइनलमा  

कान्तिपुर संवाददाता

नवलपरासी — पूर्वी नवलपरासीमा जारी राइनो कपमा हिमालयन शेर्पालाई ५–१ गोल अन्तरले हराउँदै विभागीय त्रिभुवन आर्मी क्लब फाइनल प्रवेश गरेको छ । पूर्वी नवलपरासीको कोल्हुवामा जारी राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत सोमबारको खेलमा शेर्पालाई भारी गोल अन्तरले हराउँदै आर्मी फाइनल प्रवेश गरेको हो ।

राइनो कप : आर्मी फाइनलमा  

खेलको पहिलो हाफमा आर्मीले ३ गोल गर्‍यो । पहिलो हाफको १९औं मिनेटमा आर्मीका राजिव गुरुङले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । यस्तै,सन्तोष गुरुङले पहिलो हाफकै ३०औं मिनेटमा आर्मीका लागि दोस्रो गोल गरे ।


आर्मीका सुदिल राईले हृयाट्रिक गरे । उनले पहिलो हाफको ३८‌ औं,दोस्रो हाफको ७औ‌ं र १०‍‌औं मिनेटमा एक/एक गोल गरे । प्रतियोगिताको 'म्यान अफ द म्याच' राई नै भए ।

शेर्पाका लागि विजय श्रेष्ठले दोस्रो हाफको ३५ औं मिनेटमा सान्त्वना गोल गरेका थिए । मंगलबारको अन्तिम सेमिफाइनल खेल पुलिस क्लब र च्यासलबीच हुनेछ ।

प्रकाशित : फाल्गुन १२, २०७६ १९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?