भारतमाथि न्युजिल्यान्डको १० विकेटको जित

एएफपी

वेलिङटन — टिम साउथीले गरेको घातक बलिङको मद्दतले न्युजिल्यान्डले भारतविरुद्धको पहिलो टेस्ट सोमबार १० विकेटले जितेको छ । न्युजिल्यान्ड चौथो दिन लञ्च अगाडि नै भारतलाई हराएको हो ।

भारतमाथि न्युजिल्यान्डको १० विकेटको जित

साउथीले २० रन खर्चेर चार विकेट लिए । भरपर्दा ब्याट्‍सम्यान सस्तैमा बाहिरिएपछि भारत आफ्‍नाे दोस्रो इनिङ्समा १ सय १९ रन मात्र बनाएर अलआउट भयो ।

यस्तोमा घरेलु टिमले जितका लागि नौ रनको लक्ष्य पाएको थियो । टेस्ट वरीयताको शीर्ष स्थानमा रहेको भारतविरुद्ध न्युजिल्यान्डले यो जित १० बलको अन्तरमा प्राप्त गरेको थियो ।

यो न्युजिल्यान्डको ऐतिहासिक सयौं टेस्ट जित पनि रह्यो ।

प्रकाशित : फाल्गुन १२, २०७६ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?