कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

जावलाखेल वाग्मती च्याम्पियन

सुवास विडारी

मकवानपुर — जावलाखेल युथ क्लब वाग्मती गोल्डकप फुटबल प्रतियोगिता जितेको छ । मकवानपुरको वाग्मती गाउँपालिकास्थित जनता माविको खेल मैदानमा तेस्रो संस्करणको फाइनलमा अर्को ए डिभिजन क्लब हिमालयन शेर्पालाई १–० गोलअन्तरले पराजित गर्दै जावलाखेल च्याम्पियन भएको हो । 

जावलाखेल वाग्मती च्याम्पियन

जावलाखेललाई ९ वर्षपछि पहिलो उपाधि दिलाउने क्रममा एकमात्र निर्णायक गोल खेलको ४९ औं मिनेटमा विदेशी खेलाडी ड्यानी जुनियरले गरेक । उनले हिमालयन शेर्पाका गोलरक्षक छिरिङ लामाले गरेको गल्तीको फाइदा उठाउँदै सजिलै गोल गरेका थिए । शेर्पाका गोलरक्षक लामाले जावलाखेलका खेलाडीले गरेको क्रस बललाई नियन्त्रणमा लिने क्रममा हातबाट फुत्काएका थिए ।


उनले फुत्काएको बललाई ड्यानीले कुनै गल्ती नगरी सजिलै खाली गोलपोस्टमा गोल गर्दै उपाधिमा जावलाखेलको नाम लेखाए । जावालाखेलले २०६७ मा नेपाल पुलिस क्लबलाई सडन डेथमा पराजित गरी तिलोत्तमा गोल्ड कप जिते यताको पहिलो उपाधि हात पारेको हो । गत वर्ष थ्री स्टार क्लबले आयोजकलाई पेनाल्टी शुटआउटमा पराजित गर्दै उपाधि जितेको थियो ।


पहिलो हाफमा टुंगिए पनि दुवै टोलीले गोलका लागि केही राम्रा मौकाहरू सिर्जना गरेका थिए । फाइनल खेल भएका कारण दुवै टोलीले पूर्णरूपमा दबाबमा खेलेको देखिन्थ्यो । दुवै टोली प्रतियोगितामा पहिलो पटक सहभागी भएका हुन् । उपाधिसहित जावलाखेल उपाधिसहित नगद छ लाख रुपैयाँ प्राप्त गरे । शेर्पाले नगद तीन लाख पायो । म्यान अफ द फाइनल जावलाखेलका डिफेन्डर दिलेन लोक्तामले पाँच हजार रुपैयाँ प्राप्त गरे ।


प्रतियोगितामा जावलाखेलका विदेशी डिफेन्डर बमबिया सर्वोत्कृष्ट घोषित भए । उनले नगद ५० हजार रुपैयाँ प्राप्त गरे । विधागत रूपमा उत्कृष्टतर्फ पनि जावलाखेलको बाहुल्यता रह्यो । प्रतियोगितामा विधागततर्फ जावलाखेलका अरुण ब्लोन उत्कृष्ट गोलरक्षक, सुजर ठकुरी उत्कृष्ट मिडफिल्डर, सुजित बुढाथोकी उत्कृष्ट फरवार्ड तथा किशोर केसी उत्कृष्ट प्रशिक्षक घोषित भए । हिमालयन शेर्पाका मानबहादुर तामाङ उत्कृष्ट रक्षक घोषित भए । उनीहरूले नगद दस हजार रुपैयाँसमेत प्राप्त गरे । प्रतियोगिताको विजेता तथा उपविजेता, सर्वोत्कृष्ट खेलाडी एवं उत्कृष्ट खेलाडीलाई वाग्मती प्रदेशका प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी तथा वाग्मती गाउँपालिका अध्यक्ष सर्केश घलानलगायतले पुरस्कार वितरण गरे ।


वाग्मती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा फापरबारीमा फागुन ३ गतेबाट सुरु भएको प्रतियोगितामा ए डिभिजन टोली पाँचवटा र मोफसलका पाँचवटा टोली सहभागी थिए ।

प्रकाशित : फाल्गुन १२, २०७६ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?