कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

आर्सनलका लागि अबमेयाङको दुई गोल

एएफपी

लन्डन — पिएरे एमरिक अबमेयाङको दुई गोलको मद्दतले इंल्यान्डको प्रिमियर लिगमा आर्सनलले आइतबार राति एभरटनलाई ३–२ ले हराएको छ । यो सँगै उसले शीर्ष पाँचसँगको दूरी घटाएको छ ।

आर्सनलका लागि अबमेयाङको दुई गोल

यो जितपछि आर्सनल ३७ अंकसहित नवौं स्थानमा रह्यो । म्यानचेस्टर सिटीमाथि दुई वर्ष युरोपमा खेल्नबाट प्रतिबन्ध लागेपछि यसपल्ट लिगमा पाँचौं हुनेले पनि च्याम्पियन्स लिग खेल्न पाउन सक्नेछ ।


म्यानचेस्टर युनाइटेड ४१ अंकसहित पाँचौं स्थानमा छ । म्यानचेस्टरले यसअघि वाटफोर्डलाई घरमा सजिलै ३–० ले हराएर आफ्नो स्थिति सुधार गरेको थियो ।


यस्तै अर्को खेलमा उल्भ्सले नरविचलाई पनि समान ३–० ले पराजित गर्न सफल रहेको थियो ।

प्रकाशित : फाल्गुन १२, २०७६ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?