कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

भारतमाथि न्युजिल्यान्ड हाबी

एएफपी

वेलिङटन — तीव्र गतिका न्युजिल्यान्ड बलर ट्रेन्ट बोल्ट टिममा आफ्‍नो पुर्नः आगमनको औचित्य सिद्ध गर्दै तीन विकेट लिएपछि भारत पहिलो टेस्टको तेस्रो दिन आइतबार संघर्षरत रहेको छ । 

पहिलो इनिङ्सको अन्त्यमा १ सय ८३ रनले पछाडि परेको भारत दिनको खेल समाप्त हुँदा चार विकेट गुमाएर १ सय ४४ रनको स्थितिमा छ । भारत अझै ३९ रनले पछाडि रहेको छ ।


यसअघि बोल्ट र केली जेमिसनले न्युजिल्यान्डलाई ३ सय ४८ रनको स्थितिसम्म पुर्‍याएका थिए ।


जेमिसनले ४४ रन बनाए भने पुछारका ब्याट्सम्यान बोल्टको ब्याटबाट महत्त्वपूर्ण ३८ रन निस्केको थियो ।

प्रकाशित : फाल्गुन ११, २०७६ १६:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?