२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

एपीएफ क्‍वाटरफाइनलमा

कान्तिपुर संवाददाता

धनगढी — चौथो खप्तड गोल्डकप फुटबलमा शनिबार एपीएफ क्लबले एनआरटीलाई २–१ को हराउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ । साबिक उपविजेता एपीएफलाई जित दिलाउन रमेश दंगाल र बिकु तामाङले गोल गरेका थिए । एनआरटीबाट दर्शन गुरुङले गरेको गोल सान्त्वना बन्यो । खेलमा सुरुवाती अग्रता भने एनआरटीले लिएको थियो ।

एपीएफ क्‍वाटरफाइनलमा

खेलको ३९ औं मिनेटमा दर्शनले गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका थिए । कप्तान प्रकाश बुढाथोकीले मिलाइदिएको पासमा दर्शनले बक्सभित्रबाट पहिलो बारमा आकर्षक गोल गरेका थिए । तर दोस्रो हाफमा एपीएफ खेलमा फर्किएको थियो । खेलको ६१ औं मिनेटमा रमेशले गोल गर्दै १–१ गोलको बराबरीमा ल्याए ।


सुदीप सिख्राकारको कर्नरमा अनमार्क डिफेन्डर रमेशले हेडबाट गोल गरेका हुन् । त्यसपछि ६७ औं मिनेटमा वैकल्पिक खेलाडी बिकुले गोल थपेका थिए । एपीएफ २–१ ले अगाडि बढ्यो । कप्तान टोपबहादुर विष्टले प्रहार गरेको बल रिवाउन्ड भयो र त्यसमा बिकुले गोल गरेका थिए । त्यसपछि गोल थपिन सकेन ।


म्यान अफ द म्याच एपीएफका रमेश दंगाल चुनिए । उनले १० हजारसहित ट्रफी प्राप्त गरे । एपीएफले सेमिफाइनल पुग्नका लागि विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबको सामना गर्नेछ । सहिद स्मारक लिगमा एनआरटीसँग ३–२ को हार बेहोरेको एपीएफले बदला लिएको छ । आइतबार नव जनजागृति क्लब सिमरा र मदन भण्डारी स्पोर्ट्स एकेडेमी भिड्नेछन् ।

प्रकाशित : फाल्गुन ११, २०७६ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?