कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

आयोजकलाई टाइब्रेकरमा हराउँदै कर्साङ सेमिफाइनलमा 

बुढासुब्बा  गोल्डकप 
प्रदीप मेन्याङ्बो

सुनसरी — आयोजक धरान फुटबल क्लबलाई टाइब्रेकरमा हराउँदै कर्साङको युनाइटेड कर्स्याङ फुटबल क्लब शनिबार अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा टुबोर्ग गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनमा पुगेको छ ।

आयोजकलाई टाइब्रेकरमा हराउँदै कर्साङ सेमिफाइनलमा 

बुढासुब्बा गोल्डकपको २२ औं संस्करणको उद्घाटन खेलमा निर्धारित खेल अवधिमा १–१ गोलको बराबरी भएपछि टाइब्रेकरमा खेलको छिनोफानो भएको थियो । टाइब्रेकरमा कर्स्याङका कप्तान वेरिन प्रधान, सिद्धान्त क्षेत्री, प्रशान्त राई र प्रयास प्रधानले गोल गरेका थिए ।


पराजित धरानका कप्तान हेमन्त थापा र मनिष गुरुङले मात्र गोल गरेका थिए भने विक्रम लिम्बुको प्रहारलाई गोल किपर राजा बर्मनले बचाए । मनोज राईको प्रहार बारमा ठोक्किएर फर्किएपछि आयोजक क्लब स्तब्ध भएको थियो ।


धरान रंगशालामा भएको उद्घाटन खेलमा आयोजकका लागि खेलको ३५औं मिनेटमा सुनिल खड्काले गोल गरेर १–० ले अग्रता दिलाएका थिए । दोस्रो हाफपछि कर्स्याङले दबाब दिँदै खेलको ७७ औं मिनेटमाम सिद्धान्त क्षेत्रीले सुन्दर गोल गरेर १–१ को बराबारीमा रोकेका थिए ।


यसअघि खेलको उद्घाटन धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले गरेका थिए । आइतबारको खेल नेपाल पुलिस क्लब र मेची नेत्रालय काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरबीच हुनेछ ।

प्रकाशित : फाल्गुन १०, २०७६ १९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?