२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

हृयाण्डबलको उपाधि आर्मीलाई

सन्तोष सिंह

धनुषा — दोस्रो मिनी गिरी राष्ट्रिय हृयाण्डबल प्रतियोगिताको उपाधि आर्मीले जितेको छ । शनिबार जनकपुरमा सम्पन फाइनलमा पुरुषतर्फ र महिलातर्फका दुवै खेल विभागीय आर्मीले जितेको हो । 

हृयाण्डबलको उपाधि आर्मीलाई

पुरुषतर्फको फाइनल खेलमा आर्मीले काठमाडौंलाई २७–२५ गोल अन्तरले पराजित गर्दै जित हासिल गर्यो । जितसँगै आर्मीले नगद ५१ हजार, उपविजेता काठमाडौंले ३१ हजार रुपैयाँसहित ट्रफि र मेडल प्राप्त गरे । उदयपुरलाई पराजित गर्दै विभागीय सशस्त्रले तेस्रो भयो ।


उत्कृष्ट गोलरक्षक काठमाडौंका शरुणमान श्रेष्ठ बने । आर्मीका श्रीबहादुर रिजाल उत्कृष्ट खेलाडी बने । उनीहरु दुवैलाई जनही ५ हजार १ सय नगद र ट्रफि प्रदान गरिएको थियो ।


महिलातर्फको खेलमा आर्मीले सशस्त्रलाई २४–१८ गोल अन्तरले पराजित गर्दै उपाधी जित्यो । आर्मीकी देवकुमारी बाँस्कोटा उत्कृष्ट गोलरक्षक र कविता राई उत्कृष्ट खेलाडी बने ।


जिल्ला हृयाण्डबल संघ धनुषाले ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ मूल नाराका साथ जनकपुरमा आयोजना गरेको प्रतियोगितामा ९ वटा टिम सहभागी भएका थिए ।

प्रकाशित : फाल्गुन १०, २०७६ १९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?