कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

संरक्षण दौडमा भाट विजयी 

ठाकुरसिंह थारु

बर्दिया — पर्यटनको विकास र प्रवर्द्धनका लागि पर्यटकीय क्षेत्र ठाकुरद्वारामा पहिलोपटक आयोजित संरक्षण दौड प्रतियोगितामा खगेन्द्र भाट प्रथम भएका छन् । संरक्षण तथा पर्यटनको विकासमा सहयोग पुर्‍याउन श्री न ४ बहिनी अड्डा नेपालगन्जले सेना दिवस २०७६ को अवसर पारेर आयोजना गरेको २१ किमि हाफ म्याराथनतर्फ भाट प्रथम भएका हुन् । जितसँगै उनले नगद ५० हजार पाए ।

संरक्षण दौडमा भाट विजयी 

यस्तै,दीपेन्द्र दनुवार दोस्रो र सुवास कार्की तेस्रो बने । उनीहरुले क्रमशः नगद ३० हजार र २० हजार हात पारे ।

सेनाका सहसेनानी (क्याप्टेन) सन्दीप कार्कीका अनुसार १० किमि पुरुषतर्फ नन्दनाथ योगी प्रथम,माधवकुमार चौधरी दोस्रो र ओमप्रकास रोकाय तेस्रो भए । महिलातर्फ शिवकुमारी थारु प्रथम,अन्जु थारु दोस्रो र कन्चना चौधरी तेस्रो भए ।


५० वर्षमाथि उमेरको ५ किमि दौडमा पठनीया थारु,चक्रबहादुर थारु,र नारायण पाण्डे क्रमशः पहिलो,दोस्रो र तेस्रो भए । साइक्लिङ १० किमि र अढाई किमि दौडमा भने पहिलो, दोस्रो र तेस्रो छुट्याइएको छैन ।


भ्रमण २०२० चलिरहेका बेला यहाँको पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्न विभिन्न कार्यक्रम सन्चालन भइरहेका छन् । दौड प्रतियोगितामा चार सय बढीको सहभागिता रहृयो । प्रतियोगितामा नेपाली सेना, स्थानीहरुको उल्लेख्य सहभागिता थियो ।

प्रकाशित : फाल्गुन १०, २०७६ १६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?