१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

धरान रनको उपाधि तीर्थ र सन्तोषीलाई

प्रदीप मेन्याङबो

सुनसरी — धरान १० के रन नेवा च्यारिटीको पुरुषतर्फको उपाधि तीर्थ पुन र महिलातर्फको उपाधि सन्तोषी श्रेष्ठले जितेका छन् । यो उपाधि तीर्थले लगातार पाँचौं पटक र सन्तोषीले दोस्रो पटक जितेका हुन् । 

धरान रनको उपाधि तीर्थ र सन्तोषीलाई

शनिबार सम्पन्न ८ औं संस्करणमा ४ हजार २ सय ५ जना भाग लिएका थिए । स्पर्धामा तीर्थले ३१ मिनेट २५ सेकेण्डमा १० किलोमिटर दूरी पूरा गर्दै उपाधि जितेका हुन् । बागलुङ ढोरपाटन घर भएका भारतीय सेनाका ५/५ गोर्खा राइफलका हवल्दार तीर्थले ५० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र हात पारे । तीर्थ तेस्रो संस्करणदेखि अहिलेसम्म विजेता हुँदै आएका छन् ।


पुरुषतर्फ सशस्त्र प्रहरी बलका धावक लक्ष्मण मल्ल ३१ मिनेट ३३ सेकेण्डमा दूरी पार गर्दै दोस्रो भए । सशस्त्रकै खिमबहादुर खत्री ३१ मिनेट ३५ सेकेण्डमा दूरी पार गर्दै तेस्रो भए । उनीहरुले क्रमश नगद ३० हजार र २० हजार रुपैयाँ हात पारे ।


महिलातर्फकी विजेता सन्तोषीले ३४ मिनेट २३ सेकेण्डमा दूरी पार गरिन् । उनले नगद ५० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र हात पारिन् । उनी यस अगाडि चौथो संस्करणमा पनि प्रथम भएकी थिइन् । महिलातर्फ राममाया पुनले ४० मिनेट ३४ सेकेण्डमा दूरी पार गर्दै दोस्रो र छेम्बी राईले ४२ मिनेट २ सेकेण्डमा दूरी पार गर्दै तेस्रो भए । उनीहरुले क्रमशः ३० हजार र २० हजार रुपैयाँ पाए ।


प्रतियोगिताको १३ देखि १६ वर्ष उमेर समूहमा पुरुषतर्फ किरण लिम्बु प्रथम, सियन राई दोस्रो र रोजन राई तेस्रो भए । महिलातर्फ जुम्लाकी वन्दना बुढा प्रथम, क्रिष्टिना राई दोस्रो र प्रशंसा वन तेस्रो भइन् । भेट्रानतर्फ पुरुषमा दिलबहादुर श्रेष्ठ प्रथम, धर्म महर्जन दोस्रो र सुवर्ण सुब्बा तेस्रो भए । महिलातर्फ दार्जिलिङका छिरिङ लमु प्रथम, भीममाया राई दोस्रो र गीतादेवी लिम्बु तेस्रो भइन् ।

प्रकाशित : फाल्गुन १०, २०७६ १४:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?