१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

वाग्मती गोल्डकप : हिमालयन शेर्पा फाइनलमा

सुवास विडारी

मकवानपुर — हिमालयन शेर्पा क्लब तेस्रो वाग्मती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता–२०७६ को फाइनल प्रवेश गरेको छ । शुक्रबार भएको सेमिफाइनल खेलमा च्यासल युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै शेर्पा फाइनलमा पुगेको हो । 

वाग्मती गोल्डकप : हिमालयन शेर्पा फाइनलमा

उपाधिका लागि शेर्पाले आइतबार जावलाखेल युथ क्लब र संकटा क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । वाग्मती गाउँपालिकास्थित जनता माध्यामिक विद्यालयको मैदानमा जारी प्रतियोगिताको पहिलो सेमिफाइनलमा शेर्पाको जितमा विजय श्रेष्ठले दुई गोल गरे ।

शेर्पाले खेलमा पेनाल्टी गोलमार्फत् अग्रता लिएको थियो । खेलको सातौं मिनेटमा च्यासलका डिफेन्डरले ह्यान्ड गरेपछि पाएको पेनाल्टीमा श्रेष्ठले गोल गरे ।

खेलको पहिलो हाफको अतिरिक्त समयको दोस्रो मिनेटमा च्यासलका लागि विदेशी खेलाडी काजिम भुसाराले बराबरी गोल फर्काए । पहिलो हाफमा राष्ट्रिय टोलीका सदस्य समेत रहेका सुनिल बलले प्राप्त दुईवटा उत्कृष्ट अवसरलाई गोलमा परिणत गर्न सकेनन् ।

दोस्रो हाफमा शेर्पाको तर्फबाट ७५ औं मिनेटमा पुनः श्रेष्ठले गोल गरे । उनले सिक्स यार्ड बक्समा सुरज हमालले उपलब्ध गराएको बलमा गोल गरेका थिए । खेलको अन्तिम मिनेटमा अमिर श्रेष्ठले उपलब्ध गराएको सुन्दर पासलाई सदुपयोग गर्न सुनिल बल पुनः चुके । खेलको ५२ औं मिनेटमा शेर्पाका आशिष गुरुङले गरेको हेडिङ बारमा लागेर फर्किएको थियो ।

खेलमा शेर्पाका लागि दुई गोल गरेका श्रेष्ठ ‘म्यान अफ दी म्याच’ घोषित भए । उनले नगद पाँच हजार रुपैयाँ प्राप्त गरे । प्रतियोतिगाअन्तर्गत् शनिबार दोस्रो सेमिफाइनल खेल हुनेछ ।

प्रकाशित : फाल्गुन ९, २०७६ १८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?