२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

खप्तडमा भिड्दै वाग्मती र कञ्‍चनजंघा

मोहन बुढाऐर

धनगढी — देशकै सर्वाधिक धनराशिको चौथो अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल शुक्रबार धनगढी रंगशालामा सुरु हुँदै छ । उद्‍घाटन खेलमा वाग्मती क्लब र कञ्चनजंघा फुटबल क्लब भारतबीच प्रतिस्पर्धा हुने आयोजक सुदूरपश्चिम ११ स्पोर्ट्स क्लबले जनाएको छ ।

खप्तडमा भिड्दै वाग्मती र कञ्‍चनजंघा

‘ए’ डिभिजनस्तरीय प्रतियोगिताको उद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले गर्नेछन् । फागुन २० सम्म हुने प्रतियोगिताको विजेताले ट्रफीसहित २१ लाख १ रुपैयाँ पुरस्कार जित्नेछन् । उपविजेताको भागमा १० लाख १ रुपैयाँ पर्नेछ । आयोजक क्लबका अध्यक्ष सुरेश हमालले मोफसलमा हुने सर्वाधिक पुरस्कार राशिको गोल्डकप भएको बताए ।


खेल हेर्नका लागि दर्शकलाई १००, १५० र ३०० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ । प्रत्येक दिन एक दर्शकलाई स्मार्ट फोन प्रदान गरिने आयोजकले जनाएको छ । एक करोड ५० लाख खर्च लाग्ने अनुमान गरिएको प्रतियोगितालाई दैनिक १० हजार दर्शकले प्रत्यक्ष अवलोकन गर्ने अनुमान छ । खेललाई दुई करोड दर्शकले टेलिभिजनमार्फत प्रत्यक्ष हेर्ने आयोजकको दाबी गरेको छ ।

प्रकाशित : फाल्गुन ९, २०७६ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?