कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

२२ औं बुढासुब्बा गोल्डकपको तयारी पूरा

प्रदीप मेन्याङ्बो

सुनसरी — आयोजक धरान फुटबल क्लबले २२ औं आमन्त्रण बुढासुब्बा टुबोर्ग गोल्डकप फुटबलको तयारी पूरा भएको जनाएको छ । धरान रंगशालामा बिहीबार पत्रकार सम्मेलनमा आयोजकका अध्यक्ष किशोर राईले भने, ‘मोफसलमा निरन्तर बुढासुब्बा गोल्डकप भइरहेको छ । २२ औं संस्करणलाई अझ फरक र विशेष बनाउन सबै तयारी पूरा गरेका छौं ।’

२२ औं बुढासुब्बा गोल्डकपको तयारी पूरा

फागुन १० देखि १७ सम्म धरान रंगशालामा हुने प्रतियोगिता विजेताले पाउने राशिमा वृद्धि गरिएको अध्यक्ष राईले बताए । विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पाउने छन् । गत वर्ष विजेताले ८ लाख र उपविजेताले ४ लाख पाएका थिए । व्यक्तिगत पुरस्कारतर्फ उत्कृष्ट खेलाडीले होन्डाको एक थान स्कुटी पाउनेछन् । सर्वाधिक गोलकर्ताले ३५ हजार, म्यान अफ द म्याचले १५ हजार, विधागत उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही २५ हजार पाउने क्लबका महासचिव प्रताप तामाङले बताए ।


प्रतियोगितामा आयोजक धरान फुटबल क्लब, भारतको युके फुटबल क्लब, मोरङको बेलबारी फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब, नेपाल पुलिस क्लब, मेची नेत्रालय काकडभिट्टा ट्रेनिङ सेन्टर, मछिन्द्र क्लव र भारत पश्चिम बंगालको दुर्गापुर फुटबल क्लबसहित ८ टिम प्रतिस्पर्धीर् हुने छन् । आयोजकले एक साताअघिसम्म जापान युनिभर्सिटी टिम सहभागी हुने भनेर सोहीअनुसार टाइसिट तयार गरेको थियो । तर विश्वव्यापी कोरोना भाइरसका कारण जापानी टिम सहभागी हुन नसक्ने भएपछि पश्चिम बंगालको दुर्गापुर आउन लागेको आयोजकले जनाएको छ ।


क्लबका अध्यक्ष राईले यसपालि ७० वर्षमाथिका वृद्ध र ६५ वर्षमाथिका वृद्धालाई निःशुल्क प्रतियोगितामा प्रवेश दिइने बताए । उनले भने, बुढापाकाले पनि खेल हेरेर मनोरन्जनसँगै घरपरिवारका नयाँपुस्तालाई फुटबल खेलप्रति प्रेरित गरुन् भनेर निःशुल्क प्रवेश व्यव्स्था गरिएको हो ।’ वृद्धवृद्धाबाटै उत्कृष्ट दर्शकसमेत छनोट गरेर सम्मानित गरिने क्लबले जनाएको छ । करिब सात हजार दक्षक क्षमताको प्यारापिटलाई सजाउने काम पूरा भएको जनाएको छ । तर पूर्वघोषित भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को प्रयोग गर्न नसक्ने क्लवले जनाएको छ ।


टुंगो लागेन आयोजक टिम

प्रतियोगितामा आयोजकका खेलाडी बिहीबारसम्म निश्चित भएको छैन । वाइ पाएको आयोजक धरान र भारतको युके एफसीबीच उद्घाटन खेल छ । आफ्नो क्लबको टिम तयारी अझै पूरा नभएकोबारे आयोजक अध्यक्ष किशोर राईले भने, ‘आर्थिक समस्याकै कारण क्लबले तलव दिएर खेलाडी राख्न नसक्दा टिम तयार गर्न समस्या भएको हो । धरानका सबै खेलाडी अरू नै क्लबबाट खेलिरहेका छन् । त्यसमाथि यसपालि एकै समयमा राष्ट्रियस्तरमा तीन प्रतियोगिता भइरहेका छन् । त्यसले गर्दा आयोजकले धरानकै ए र बी डिभिजनका स्थानीय खेलाडी समावेश गरेर टिमको तयारी गरिरहेको छ ।’ आयोजकको टिम तयारी सागर घिमिरेले गरिरहेका छन् । टिममा दुई अफ्रिकन र एक नागाल्यान्डका खेलाडी राख्ने तयारी भएको जनाइएको छ ।

प्रकाशित : फाल्गुन ९, २०७६ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?