३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

टाइब्रेकरमा संकटाको भाग्य

सुवास विडारी

मकवानपुर — टाइब्रेकरमा विजयी हुँदै संकटा क्लब तेस्रो वाग्मती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

टाइब्रेकरमा संकटाको भाग्य

वाग्मती गाउँपालिकास्थित जनता माविको मैदानमा बिहीबार संकटाले वीरगन्ज युनाइटेड क्लबलाई टाइब्रेकरमा ४–२ ले पराजित गरेको हो । निर्धारित ९० मिनेटमा ३–३ गोलको बराबरी भएपछि खेलको छिनोफानो सिधै टाइब्रेकरबाट भएको थियो । टाइब्रेकरमा संकटाका अमित तामाङ, राजेन्द्र रावल, मेसोक र दीपेश आले मगरले गोल गरे । संकटाका विदेशी खेलाडी आर्नेस्टको प्रहार आकासियो । वीरगन्जका आशालाल चौधरी र सन्जय चौधरीले गोल गरे । विवेक चौधरी र अजय चौधरी गोल गर्नबाट चुके ।


संकटाको जितपछि प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । शुक्रबार सेमिफाइनलमा च्यासल युथले हिमालयन शेर्पा तथा शनिबार अर्को सेमिफाइनलमा जावलाखेल युथले संकटासँग खेल्ने छन् ।

खेलको सातौं मिनेटमा गोल गर्दै संकटाले अग्रता लिएको थियो । विदेशी खेलाडी मेसोकले हेडबाट गोल गरेका थिए । वीरगन्जले ११ औं मिनेटमा खेल बराबरीमा ल्यायो । वीरगन्जबाट कृपा चौधरीले गोल गरे । इन्ज्युरी समयमा वीरगन्जका विवेक चौधरीले गोल गर्दै टोलीलाई अग्रता दिलाए ।


पहिलो हाफमा संकटामाथि वीरगन्ज हाबी भए पनि दोस्रो दोस्रो हाफमा संकटाले सुधारिएको खेल प्रदर्शन गर्‍यो । संकटाले लगातार दुई गोल गर्‍यो । ६८ औं मिनेटमा रोमन लिम्बु र ७५ औं मिनेटमा राजेन्द्र रावलले गोल गरेका थिए । अन्तिम दुई मिनेट बाँकीमा वीरगन्जबाट कृपा चौधरीले पुन गोल गर्दै खेल बराबरीमा गरेका थिए । कृपा म्यान अफ द म्याच घोषित भए । उनले ५ हजार रुपैयाँ पाए ।

प्रकाशित : फाल्गुन ८, २०७६ २१:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?