टाइब्रेकरमा संकटाको भाग्य

सुवास विडारी

मकवानपुर — टाइब्रेकरमा विजयी हुँदै संकटा क्लब तेस्रो वाग्मती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

वाग्मती गाउँपालिकास्थित जनता माविको मैदानमा बिहीबार संकटाले वीरगन्ज युनाइटेड क्लबलाई टाइब्रेकरमा ४–२ ले पराजित गरेको हो । निर्धारित ९० मिनेटमा ३–३ गोलको बराबरी भएपछि खेलको छिनोफानो सिधै टाइब्रेकरबाट भएको थियो । टाइब्रेकरमा संकटाका अमित तामाङ, राजेन्द्र रावल, मेसोक र दीपेश आले मगरले गोल गरे । संकटाका विदेशी खेलाडी आर्नेस्टको प्रहार आकासियो । वीरगन्जका आशालाल चौधरी र सन्जय चौधरीले गोल गरे । विवेक चौधरी र अजय चौधरी गोल गर्नबाट चुके ।


संकटाको जितपछि प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । शुक्रबार सेमिफाइनलमा च्यासल युथले हिमालयन शेर्पा तथा शनिबार अर्को सेमिफाइनलमा जावलाखेल युथले संकटासँग खेल्ने छन् ।

खेलको सातौं मिनेटमा गोल गर्दै संकटाले अग्रता लिएको थियो । विदेशी खेलाडी मेसोकले हेडबाट गोल गरेका थिए । वीरगन्जले ११ औं मिनेटमा खेल बराबरीमा ल्यायो । वीरगन्जबाट कृपा चौधरीले गोल गरे । इन्ज्युरी समयमा वीरगन्जका विवेक चौधरीले गोल गर्दै टोलीलाई अग्रता दिलाए ।


पहिलो हाफमा संकटामाथि वीरगन्ज हाबी भए पनि दोस्रो दोस्रो हाफमा संकटाले सुधारिएको खेल प्रदर्शन गर्‍यो । संकटाले लगातार दुई गोल गर्‍यो । ६८ औं मिनेटमा रोमन लिम्बु र ७५ औं मिनेटमा राजेन्द्र रावलले गोल गरेका थिए । अन्तिम दुई मिनेट बाँकीमा वीरगन्जबाट कृपा चौधरीले पुन गोल गर्दै खेल बराबरीमा गरेका थिए । कृपा म्यान अफ द म्याच घोषित भए । उनले ५ हजार रुपैयाँ पाए । प्रकाशित : फाल्गुन ८, २०७६ २१:२९

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

महाशिवरात्रिकाे पूर्वसन्धामा चम्किएकाे पशुपतिनाथ र बाबाहरु [तस्बिरहरु]

तस्बिर : इलिट जोशी, प्रकाशचन्द्र तिमिल्सेना

काठमाडौँ — शुक्रबार देशभर महाशिवरात्रि पर्व मनाइँदै छ । महाशिवरात्रिलाई शिवजीको जन्मदिनको रूपमा हिन्दु धर्मावलम्बीले विशेष रूपमा मनाउँछन् । काठमाडौंको पशुपतिनाथ, डोलेश्वर, साँगाको कैलाशलगायत देशभर भक्तजनको भिड लाग्छ । कोषले दुई घन्टाभित्रमा दर्शन गर्न सक्ने गरी पशुपतिमा लाइन व्यवस्थापन गरेको कोषका सदस्य सचिव प्रदीप ढकालले जानकारी दिए । दर्शन सहज गराउन उत्तरढोका, दक्षिणढोका, पश्चिमढोकाबाट भक्तजनलाई दर्शनको व्यवस्था गरिएको छ । महाशिवरात्रिको पूर्व सन्ध्यामा पशुपति मन्दिर परिसर चिटिक्क बनाइएको छ । नागाबाबा, अधोरीलगायतका बाबालाई मन्दिर आएका छन् । शिवरात्रिको पूर्वसन्धामा अघिल्लो राति यस्तो देखियो पशुपतिनाथ मन्दिर परिसर :


प्रकाशित : फाल्गुन ८, २०७६ २१:००
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×