कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

रोहितको टिम फाइनलमा चुक्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली मिडफिल्डर रोहित चन्दको क्लब पर्सिजा जकार्ता प्रि–सिजनको प्रतियोगिता ‘इस्ट जाभा गभर्नर कप २०२०’ को फाइनलमा पराजित भएको छ । पर्सिजालाई ४–१ ले पन्छाउँदै बिहीबार पर्सेवाय सुरवायले उपाधि जित्यो ।

रोहितको टिम फाइनलमा चुक्यो

रोहितले पूरा समय खेलको फाइनलमा र्युजी उतोमोले ३१ औं मिनेटमै रातो कार्ड पाएपछि पर्सिजा ३१ औं मिनेटमै १० खेलाडीमा सीमित भएको थियो । पर्सिजाले क्रोएसियन फरवार्ड मार्को सिमिचको गोलमा पहिलो हाफ १–१ मा टुंग्याएको थियो । तर, दोस्रो हाफमा पर्सेवायले तीन गोल थप्दै उपाधि प्रि–सिजनको उपाधि कब्जा गर्यो ।


पर्सिजाले सेमिफाइनलमा मडुरा युनाइटेडलाई २–१ ले हराएको थियो । उसले समूह चरणमा पर्सेला लमोनगनलाई ४–१ र मलेसियाको सबाह एफएलाई २–० ले पराजित गरेको थियो । अरेमाविरुद्ध १–१ को बराबरी गर्दै पर्सिजा समूह विजेता भएको थियो । रोहितले सबाहविरुद्ध एक गोल गरेका थिए ।


तीन वर्ष निरन्तर जकार्तामै रहेका रोहितले गत महिनामात्रै पर्सिजासँग दुई वर्षे सम्झौतामा हस्ताक्षर गरेका थिए । अघिल्लो सिजनको च्याम्पियन पर्सिजा इन्डोनेसियन लिग वान २०१९ को दसौंमा रहेको थियो । सन् २०२० को सिजन फेब्रुअरी २९ मा सुरु हुँदैछ ।

प्रकाशित : फाल्गुन ८, २०७६ २०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?