३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

मध्यनेपाललाई भलिबल उपाधि

आश गुरुङ

लमजुङ — मध्यनेपाल नगरपालिकाले बेंसीसहरमा भएको दोस्रो पालिकास्तरीय पुरुष लिग भलिबल प्रतियोगितामा उपाधि जितेको छ । बिहीबार बेंसीसहरको फूलबारीमा सम्पन्न फाइनलमा मध्यनेपालले राइनास नगरपालिकालाई २५–१९, २३–२५, २५–२१, २५–१८ को सेटमा हरायो । विजेताले ५० हजार र उपविजेताले ३० हजार रुपैयाँ पुरस्कार पाए । मर्स्याङदी गाउँपालिका र बेंसीसहर नगरपालिका संयुक्त तेस्रो हुँदै १०–१० हजार पाए ।

मध्यनेपाललाई भलिबल उपाधि


मध्यनेपालका करण क्षेत्री उत्कृष्ट खेलाडी, विकास भुजेल उत्कृष्ट लिफ्टर र राइनास नगरपालिकाका विशाल बिक उत्कृष्ट स्पाइकर भए । उनीहरूले जनही २–२ हजार पाए । विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवाल, बेंसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्याल, जिल्ला भलिबल संघका अध्यक्ष दिवाकर बराल, प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्कालगायतले पुरस्कृत गरे । सदस्य–सचिव सिलवालले भलिबल राष्ट्रिय खेल भए पनि अझै पनि यसको अवस्था कमजोर रहेकाले गाउँगाउँबाट यसको विकास आवश्यक रहेको बताए ।

प्रकाशित : फाल्गुन ८, २०७६ २०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?