कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

पुलिस क्वाटर फाइनलमा

राइनो कप फुटबल
नारायण शर्मा

नवलपरासी — कोल्हुवामा जारी राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता अन्तरगत बिहीबारको खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ । पुलिसले सेन्टर कलेज बीएफसीलाई १ का विरुद्ध ३ गोल अन्तरले पराजित गरेको छ ।

पुलिस क्वाटर फाइनलमा

खेलको पहिलो हाफको २८ मिनटमा नेपाल पुलिसका बुद्धबहादुर तामाङले पहिलो गोल गरेका थिए । खेलको ३८ औं मिनेटमा सेन्टर क्लेजका रमेश बर्तौलाले हेड गोल गर्दै खेललाई बराबरीमा पुर्याएका थिए ।


सेकेन्ड हाफको ३ मिनटमा पुलिसका सुजन एक्खाले गोल गर्दै टिमलाई पुनः अग्रता दिलाएका थिए । सेकेन्ड हाफकै ३७औं मिनटमा पुलिसकै बुद्ध तामाङले अर्को गोल गरेका थिए । खेलको म्यान अफ दी म्याच पुलिसका तेज तामाङ भए ।


राइनो क्ल्बको आयोजनामा पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका २ स्थित राइनो मैदानमा फागुन पहिलो सातादेखि प्रतियोगिता भइरहेको छ । शुक्रबार क्वाटर फाइनलमा विजेता टिम नेपाल पुलिस क्लब र अर्को विजेता विजय युथ क्लब हेटौंडाबीच हुने संयोजक विष्णु अधिकारीले जानकारी दिए ।


राइनो फुटबल प्रतियोगितामा विभागीय टिमसहित ‘ए’ डिभिजनका फुटबल क्लबहरु गरी १० टिमको सहभागिता रहेको छ ।


दुर्लभ एकसिंगे गैंडा संरक्षणका लागि सचेतना फैलाउने उद्देश्यले नवलपुरमा विगत १६ वर्षदेखि आयोजना गरिँदै आएको हो । प्रतियोगिताका विजेताले १० लाख, उपविजेताले ५ लाख र शिल्ड तथा ट्रफी पुरस्कार पाउनेछन् । कोल्हुवामा रहेको राइनो क्लबले खेल आयोजना गरेको हो ।

प्रकाशित : फाल्गुन ८, २०७६ १८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?