१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

कर्पोरेट सुपर सिक्सेस क्रिकेट : कामना विकास च्याम्पियन

कान्तिपुर संवाददाता

काठमाडौँ — माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस क्रिकेटको उपाधि कामना सेवा विकास बैंकले जितेको छ । त्रिवि मैदान कीर्तिपुरमा बुधबार फाइनलमा कामनाले भारतीय राजदूतावास टोलीमाथि ८ रनको जित निकालेको हो । 

कर्पोरेट सुपर सिक्सेस क्रिकेट : कामना विकास च्याम्पियन

६३ रनको लक्ष्य पछ्याएको दूतावासले निर्धारित ओभरमा ५४ रनमात्र बनायो । सुभाष सिंहले २८ र निरज सिंहले ११ रन बनाए । कामनाका हेमन्त श्रीवास्तव, केशव गिरी र घनश्याम ढुंगेलले १–१ विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको कामनाले ५ ओभरमा ५ विकेट गुमाई ६२ रन बनायो । हेमन्तले सर्वाधिक ३३ रन बनाए । उनले १७ बलमा ५ चौका र १ छक्का प्रहार गरे । सुरेश उप्रेतीले १३ रन बनाए । दूतावासका निरज सिंहले १ विकेट लिए । अलराउन्ड प्रदर्शन गरेका हेमन्त श्रीवास्तव म्यान अफ द फाइनल चुनिए ।


बुधबारै सेमिफाइलनमा कामनाले सिभिल बैंकलाई १५ रन र भारतीय दूतावासले एनसेल ‘ए’ लाई १९ रनले हराएर उपाधि भेट पक्का गरेका थिए । कामनाका हेमन्त श्रीवास्तव सर्वोत्कृष्ट खेलाडी चुनिए । उनले कुल २ सय ५ रन बनाए भने ४ विकेट लिए । प्राइम बैंकका विवेक दली उत्कृष्ट बलर र फिल्डर चुनिए । साबिक विजेता सेन्चुरी बैंकका सुरज तिमल्सिना उत्कृष्ट ब्याट्सम्यान बने । उनले सर्वाधिक छक्का प्रहारको पुरस्कार पनि पाए । भारतीय दूतावासका राजेश चौधरी उत्कृष्ट विकेटकिपर भए । पाँचदिने प्रतियोगितामा २३ कर्पोरेट टिमको सहभागिता थियो ।

प्रकाशित : फाल्गुन ८, २०७६ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?