प्रतिबन्धयता म्यानचेस्टर सिटीको पहिलो जित

एएफपी

म्यानचेस्टर — म्यानचेस्टर सिटीले मंगलबार राति इंग्लिस प्रिमियर लिगमा वेस्ट ह्याममाथि सजिलो २–० को जित रचेको छ । युरोपेली प्रतियोगिताबाट दुई वर्षको प्रतिबन्ध लागेयता सिटीले खेलेको यो पहिलो पल्ट हो ।

प्रतिबन्धयता म्यानचेस्टर सिटीको पहिलो जित

त्यस जितमा रोड्री र केभिन डे ब्रुनले एक एक गोल गरे । यस खेलबाट प्राप्त तीन अंकपछि सिटीले लिग तालिकाको दोस्रो स्थानमा आफ्‍नो पकड मबजुत बनाएको छ ।सिटीको २६ खेलबाट ५४ अंक भएको छ । समान खेलबाट ७४ अंकसहित लिभरपुल शीर्ष स्थानमा छ भने लेस्टर सिटी ५० अंकसहित तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित : फाल्गुन ८, २०७६ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?