कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

च्याम्पियन्स लिग : एटलान्टा पहिलो पटक क्‍वाटरफाइनल नजिक

एएफपी

मिलान — एटलान्टाले बुधबार राति भ्यालेन्सियालाई ४–१ ले हराएर पहिलो पल्ट युरोपेली च्याम्पियन्स लिग क्वाटरफाइनल नजिक पुगेको छ । अन्तिम १६ को पहिलो लेगमा एटलान्टाका लागि डच विन्ग ब्याक हान्स हाटबोरले दुई गोल गरे ।

च्याम्पियन्स लिग : एटलान्टा पहिलो पटक क्‍वाटरफाइनल नजिक

यसबीच जोसिप लिसिच र रेमो फ्रउलरले एक एक गोल गरे । सानसिरोमा भएको खेलमा डेनिस चेरीसेभले भ्यालेन्सियाका तर्फबाट एक गोल फर्काए ।


आयाक्स र चेल्सी सम्मिलित समूह चरण जितेको भ्यालेन्सियाले एटलान्टानविरुद्ध आफ्ना सबै पहिलो रोजाइका खेलाडी भने चोटका कारण उतार्न सकेन् । एटलान्टा भने लिग चरणका सुरुआती तीन खेल गुमाएर अहिले यो स्थितिमा पुगेको हो ।

प्रकाशित : फाल्गुन ८, २०७६ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?