१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

सताक्षी गोल्डकप : टेकबहादुरको निर्णायक गोलमा आर्मी सेमिफाइनलमा

अर्जुन राजवंशी

बिर्तामोड — इन्ज्युरी समयको अन्तिम ४० सेकेन्ड बाँकी हुँदा टेकबहादुर बुढाथोकीले गोल गर्दा विभागीय टोली त्रिभुवन आर्मी क्लब मंगलबार झिलझिलेमा जारी तेस्रो सताक्षी गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ । 

सताक्षी गोल्डकप : टेकबहादुरको निर्णायक गोलमा आर्मी सेमिफाइनलमा

शिवसताक्षी नगरपालिका–११ स्थित गणेशमानसिंह अध्ययन प्रतिष्ठानको मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा आर्मीले पाहुना टोली दार्जिलिङको एमएफसीलाई २–१ ले पराजित गरेको थियो । आर्मीको जितमा दुवै गोल टेकबहादुरले गरेका हुन् । दार्जिलिङबाट राइकोत ब्वामले एक गोल फर्काए । खेलमा अग्रता आर्मीले नै लिएको थियो । छैटौं मिनेटमा टेकबहादुरले प्रहार गरेको बलले दार्जिलिङका गोलकिपर फ्रल्किसन इखारको हातबाट फुत्किएर जाली चुमेको थियो ।


पहिलो हाफमा पछि परेको अवस्थामा दार्जिलिङले ४७ औं मिनेटमा बराबरीमा गरेको थियो । राइकोतले गोल गरेका थिए । बायाँ साइडबाट गरेको फ्रिकिकबाट राइकोटले दर्शनीय गोल गरे । उनको प्रहारमा आर्मीका गोलकिपर विवश चौधरीले सही अनुमान लगाउन सकेनन् । टेकबहादुरले इन्ज्युरी समयमा गोल गर्दै जित सुनिश्चित गरेका थिए । दीपक लामाको पासमा उनले कडा प्रहार गर्दै निर्णायक गोल गरे ।


आर्मीले दोस्रो हाफमा लगातार आक्रमण बुनेको थियो । तर बललाई पोस्टको दिशा दिन नसक्दा अन्तिम मिनेटसम्म संघर्ष गर्नुपर्‍यो । ४९ औं मिनेटमा दार्जिलिङका राइकोतले गरेको फ्रिकिक आर्मीका गोलकिपर विवशले नियन्त्रणमा लिए । लगत्तै ५१ औं मिनेटमा पनि उनैले गरेको अर्को फ्रिकिक प्रहार पोस्ट नजिकैबाट बाहिरियो । आर्मीका नवयुग श्रेष्ठ ५१ र ५४ औं मिनेटमा गतिलो अवसरबाट चुके । दुवैपल्ट सन्तोष तामाङको पासलाई उनले उपयोग गर्न सकेनन् ।


दोस्रो हाफमा आर्मीका खेलाडीले दार्जिलिङको पोस्टमा लगातार आक्रमण बुने । ६१ औं मिनेटमा नवयुगको पासमा टंक बस्नेतले हेडमार्फत बललाई पोस्टको दिशा दिन सकेनन् । ६५ औं मिनेटमा सन्तोष तामाङले सेकेन्डबार च्याप्दै गरेको फ्रिकिक प्रहार पोस्ट नजिकैबाट बाहिरियो । आर्मीका कप्तान जर्जप्रिन्स कार्कीको कडा प्रहार ७२ औं मिनेटमा दार्जिलिङका गोलकिपर फ्रल्किसनले पन्च गरेर जोगाए । ७५ औं मिनेटमा दार्जिलिङका खाङमिकी पाले अवसर खेर फाले ।


८८ औं मिनेटमा दार्जिलिङका डिफेन्डरले क्लियर गर्न नसकेको बललाई आर्मीका कप्तान जर्जप्रिन्सले पोस्टको दिशा दिन सकेनन् । ८९ औं मिनेटमा आर्मीका ईश्वर बानियाँको प्रहार दार्जिलिङका गोलकिपर फ्रल्किसनले दर्शनीय बचाउ गरे । खेलमा आर्मीका सेसेहाङ आङदेम्बे म्यान अफ द म्याच घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे ।


बुधबार ‘ए’ डिभिजन लिग च्याम्पियन मछिन्द्रले रूपन्देहीको गोर्खा ब्वाइज क्लबसँग खेल्नेछ ।

प्रकाशित : फाल्गुन ७, २०७६ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?