२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

राइनो कप फुटबल : इन्द्रेणी विजयी

नारायण शर्मा

नवलपरासी — पूर्वी नवलपरासीको कोल्हुवामा जारी राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार भएको खेलमा इन्द्रेणी एकीकृत विकास केन्द्र पोखरा विजयी भएको छ ।

राइनो कप फुटबल : इन्द्रेणी विजयी

इन्द्रेणी एकीकृत विकास केन्द्र पोखरा र अभिषेक चर्च रजहरबिच भएको खेलमा इन्द्रेणीले–२ का विरुद्ध ५ गोल गर्दै अभिषेक चर्च रजहरलाई पराजित गरेको छ । खेलको पहिलो हाफमा इन्द्रेणी एकीकृत विकास केन्द्रका खेलाडी रोशन रानाले पहिलो गोल गरेका थिए । खेलको ३४ औं मिनेटमा इन्द्रेणी कै रमेश मगरले एक गोल थपेका थिए । इन्द्रेणीकै सुमित श्रेष्ठ, अनिस तामाङले पुनः गोल थपेपछि इन्द्रेणीले ५ गोल आफ्नो कब्जामा जमाउन सक्यो । पूर्वी नवलपरासी रजहरमा रहेको चर्चित अभिषेक चर्च भने २ गोलमै सिमित रहन पुग्यो ।

बुधबारको खेल झापा ११ र एफसी विजय युथ एकेडमी हेटौंडाबिच फुटबल भिडन्त हुने आयोजक नन्द भाउजु वन उपभोक्ता समितिका अध्यक्ष दोमन भण्डारीले जानकारी दिए, प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । विश्वकै दुर्लभ एकसिंगे गैंडा संरक्षणका लागि जनसचेतना फैलाउने उद्देश्यले नवलपुरमा विगत १६ वर्षदेखि फुटबल प्रतियोगिता आयोजना गरिँदै आएको छ । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पाउने छ ।

कोल्हुवामा रहेको नन्द भाउजु मध्यवर्ति वन उपभोक्ता समितिले खेल आयोजना गरेको हो । मंगलबारको खेल हेर्न ४ हजारभन्दा बढि दर्शक भेला भएको आयोजकको दाबी छ ।

प्रकाशित : फाल्गुन ६, २०७६ २०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?