१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

वाग्मती गोल्डकपमा जावलाखेल सेमिफाइनलमा 

मकवानपुर — जावलाखेल युथ क्लब मकवानपुरमा जारी तेस्रो वाग्मती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता–२०७६ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

वाग्मती गोल्डकपमा जावलाखेल सेमिफाइनलमा 

मंगलबार जनता माध्यामिक विद्यालयको खेल मैदानमा भएको खेलमा मकवानपुरको लिग च्याम्पियन डाँफे युवा क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै जावलाखेलले अन्तिम चारको स्थान पक्का गरेको हो ।

सेमिफाइनलमा जावलाखेलको भेट संकटा र वीरगञ्ज युनाइटेडबीचको विजेतासँग हुनेछ । जवलाखेलको जितमा सुजित बुढाथोकीले दुई गोल गरे । बुढाथोकीले खेलको १४ औं मिनेटमा गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका थिए । फोफना फोडेको क्रसमा डिबक्स बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । २८ औं मिनेटमा बुढाथोकीले नै दोस्रो गोल गरे ।

पहिलो हाफमा जावलाखेलमाथि मकवानपुरले केही दबाब राखेपनि गोल गर्न सकेन । दोस्रोमा पहिलो हाफकाे अग्रतालाई कायम राख्दै जावलाखेल विजयी भयो । खेलमा दुई गोल गरेका जावलाखेलका सुजित बुढाथोकी म्यान अफ दी म्याच घोषित हुँदै नगद पाँच हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताअन्तर्गत् बुधबार साविकको विजेता सरस्वती युथ क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता फागुन १३ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः नगद ६ लाख र ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रकाशित : फाल्गुन ६, २०७६ १८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?