१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

जनकपुरमा दोस्रो राष्ट्रिय हृयाण्डबल

कान्तिपुर संवाददाता

धनुषा — जनकपुरमा दोस्रो राष्ट्रिय हृयाण्डबल प्रतियोगिताको तयारी पुरा भएको छ । जनकपुरको रंगभूमि मैदानमा बुधबारदेखि दोस्रो महिला र प्रथम पुरुष राष्ट्रिय हृयाण्डबलको तयारी पूरा भएको जिल्ला हृयाण्डबल संघ धनुषाका अध्यक्ष विमलेश सिंहले बताए ।

जिल्ला हृयायडबल संघ धनुषाको आयोजनामा हुने खेलमा विभागीयसहित पुरुष र महिला गरी ९ टिमको सहभागीता रहनेछ । फागुन ७ गतेदेखि १० गतेसम्म हुने खेलमा कूल १६ वटा खेल हुनेछ ।


प्रतियोगितामा महिलातर्फ विजयी हुने टिमलाई नगद ५१ हजार,दोस्रोलाई नगद ३१ हजार र तेस्रोलाई नगद २१ हजार रुपैयाँ र ट्रफी पुरस्कार राखिएको छ ।


पुरुषतर्फ प्रथमलाई नगद ३१ हजार,दोस्रोलाई २१ हजार र तेस्रोलाई ११ हजार नगद र ट्रफी प्रदान गरिने छ ।

प्रकाशित : फाल्गुन ६, २०७६ १४:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?