कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

आसिफको शतक

कान्तिपुर संवाददाता

काठमाडौँ — आसिफ शेखको शतकमा ग्रेट हिमालय क्रिकेट एकेडेमीले हिमालय क्रिकेट लिगको पहिलो दिन उत्कृष्ट सुरुआत गरेको छ । नेपालमा पहिलोपल्ट उमेर समूहमा आयोजित दुईदिवसीय क्रिकेटमा शेखले हिमालय क्रिकेट एकेडेमीविरुद्ध शतक बनाएका हुन् ।

आसिफको शतक

आसिफले १ सय रन बनाएपछि यू–१९ उमेर समूहको यस प्रतियोगितामा ग्रेट हिमालयले ३ सय २० रन बनाएको हो । पहिलो इनिङ्समा बढीमा ६० ओभर खेल्न पाउने प्रावधान छ । ग्रेट हिमालय पूरा ६० ओभर खेल्दै ३ सय २० रनमा अलआउट भयो । १७ चौका र १ छक्का प्रहार गरेका आसिफ ३२ औं ओभरमा आउट भएका थिए ।


चार वर्षअघि एभरेस्ट प्रिमियर लिगमा पञ्चकन्या तेजबाट १ सय ११ रन बनाउँदै घरेलु क्रिकेटमा ट्वान्टी–२० शतक बनाउने पहिलो खेलाडी बनेका आसिफले आयुश बस्नेतसँग दोस्रो विकेटमा १ सय ६७ रन जोडे । अभिषेक बस्नेत शून्यमा आउट भएको अवस्थामा आयुशले १ सय ९ बल खेल्दै ११ चौका प्रहार गरे । आयुशमान बमले ५३ र अशोक बस्नेतले ५१ रन बनाए । त्यसका बावजुत ग्रेट हिमालयले अन्तिम ६ विकेट ३५ रनमा गुमाएको थियो । हिमालयका सन्दीप शाहीले ४ र प्रतिश जीसीले २ विकेट लिए ।


यसअघि टस हारेपछि पहिलो ब्याटिङ गर्न आएको हिमालय एकेडेमी ३४.१ ओभरमा १ सय ४४ रनमा अलआउट भयो । टोलीका रन्जित तिमल्सिनाले ४२, सन्दीप शाहीले २३ र अमित थापाले १४ रन बनाए । ग्रेट हिमालयका सोनु देवकोटाले ३ तथा रशिद खान र मोहम्मद हुसैनले २–२ विकेट लिए ।


पहिलो इनिङ्सका आधारमा १ सय ७६ रनले पछाडि परेको हिमालयले दोस्रो इनिङ्समा ५ ओभर खेल्दै विनाक्षति १२ रन बनाएको छ । दीपक बोहरा ४ र खडक बोहरा १ रन बनाई खेलिरहेका छन् ।

प्रकाशित : फाल्गुन ६, २०७६ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?