१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

म्यानचेस्टरसँग चेल्सी पराजित, च्याम्पियन्स लिगमा लिभरपुल छनोट

एएफपी

लन्डन — म्यानचेस्टर युनाइटेडले सोमबार राति इंग्लिस प्रिमियर लिगको चौथो स्थानमा रहेको चेल्सीसँगको दूरी चार अंकमा छोट्याएको छ । उसले यसका लागि स्टायनफोर्ड ब्रिजमा भएको खेलमा २–० को जित निकाल्यो ।

म्यानचेस्टरसँग चेल्सी पराजित, च्याम्पियन्स लिगमा लिभरपुल छनोट

म्यानचेस्टरका लागि एन्थोनी मार्टिएल रह्यारी म्यागुएरले गोल गरे । चेल्सीका दुई गोललाई भने भारले मान्यता दिएन् । फ्रायन्क लाम्पार्डको चेल्सीले पछिल्ला१४ लिग खेलमध्ये चारमा मात्र जित निकाल्न सकेको छ ।

यो जितले म्यानचेस्टर सातौं स्थानमाउक्लेको छ र यो पाँचौं स्थानमा टोटनहमसँ दुई अंकको मात्र अग्रता हो । म्यानचेस्टरसिटी अर्को दुई वर्ष युरोपेली क्लब फुटबलबाट प्रतिबन्धमा परेको हुनाले पाँचौ स्थानपनि च्याम्पियन्स लिग खेल्न पर्याप्त हुन सक्छ ।

चेल्सीको हारका कारण शीर्ष स्थानमा रहेकोलिभरपुल भने अर्को सिजनको च्याम्पियन्स लिगका लागि भने छनोट हुने पहिलो टिम बनेकोछ । यसपल्टको नकआउट चरण सुरु हुन अगाडि नै लिभरपुलले यो अवसर चुमेको हो ।

लिभरपुल कम्तीमा इंग्लिस प्रिमियर लिगकोचौथो स्थानमा रहने निश्चित भएको हो । योर्गन क्लोपको टिम पाँचौंमा रहेको टोटनहमभन्दा ३६ अंकले अगाडि छ र लिगमा १२ चरणका खेल बाँकी छन् ।

प्रकाशित : फाल्गुन ६, २०७६ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?