कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

हिमालयन शेर्पा विजयी

राइनो कप फुटबल
नारायण शर्मा

नवलपरासी — पूर्वी नवलपरासीको कोल्हुवामा सोमबार राइनो संरक्षण गोल्डकप फुटबलमा हिमालयन शेर्पा क्लबले वीरगन्ज युथ क्लबलाई ५–१ ले पराजित गरेको छ ।

हिमालयन शेर्पा विजयी

नवौं मिनेटमा हिमालयनका त्रिदेव गुरुङको गोलले हिमालयनले अग्रता लिएको थियो । पहिलो हाफमै हिमालयनका सुरज हमालले दोस्रो गोल गरे । दोस्रो हाफमा हिमालयनले तीन गोल थप्यो । दोस्रो हाफमा विकास राई, विदेशी मूलका स्टिम ग्यामिर, मानबहादुर तामाङले १–१ गोल थपेका थिए । अन्तिम समयमा वीरगन्जका कृष्ण शाक्यले एक गोल गरे ।


मंगलबार एकीकृत विकास केन्द्र पोखरा र अभिषेक चर्च नवलपुरबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा विभागीय टिमसहित ‘ए’ डिभिजनका क्लब गरी १० टिमको सहभागिता रहने छ ।


दुर्लभ एकसिंगे गैंडा संरक्षणका लागि सचेतना फैलाउने उद्देश्यले कोल्हुवामा १६ वर्षदेखि प्रतियोगिता हुँदै आएको छ । विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगिता नन्दभाउजु मध्यवर्ती वन उपभोक्ता समितिले आयोजना गरेको हो ।

प्रकाशित : फाल्गुन ५, २०७६ १९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?