१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

इंग्ल्यान्ड क्रिकेट टिमलाई आईसीसीको कारबाही

एजेन्सी

काठमाडौँ — अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी )ले इंग्ल्यान्ड क्रिकेट टिमलाई कारबाही गरेको छ । आइतबार भएको तेस्रो ट्वान्टी–२० मा दक्षिण अफ्रिका विरुद्ध ढिलो बल फ्याँकेको (स्लो ओभर रेट बलिङ) मा आईसीसीले इंग्ल्यान्डलाई कारबाही गरेको हो ।

इंग्ल्यान्ड क्रिकेट टिमलाई आईसीसीको कारबाही

आईसीसीले इंग्लिस टिमलाई खेल शुल्कको २० प्रतिशत जरिवाना तिराउने भएको छ । आईसीसीको आचरसंहिता २.२२ का अनुसार इंग्लिस टोलीलाई कारबाही गरिएको हो । इंग्ल्यान्डका कप्तान ओयन मोर्गनले पनि आफूहरुले गल्ती गरेको स्वीकार गरेका छन् ।

मैदानमा रहेका अम्पायरहरु एड्रियन होल्डस्टक, अल्लाउद्दीन पालेकर, बोनगानी जेले र म्याच अफिसर ब्राड ह्वाइटले कारबाहीका लागि आईसीसीसमक्ष सिफारिस गरेका थिए ।


प्रकाशित : फाल्गुन ५, २०७६ १३:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?