३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

रियल बराबरीमा रोकियो

एएफपी

म्याड्रिड — रियल म्याड्रिडको स्पेनी ला लिगामा आइतबार राति जितको क्रम रोकिएको छ । उसले घरमा सेल्टा भिगोसँग २–२ को बराबरी खेल्यो । यो नतिजापछि रियल दोस्रो स्थानमा रहेको बार्सिलोना भन्दा एक अंकले मात्र अगाडि छ ।

रियल बराबरीमा रोकियो

अघिल्लो दिन मात्र बार्सिलोनाले गेटाफेलाई हराएको थियो । यस्तोमा अंक तालिकाको पुछारमा रहेको टिमसँग बराबरी खेल्ने जिनेदिन जिदानको टिमका लागि घाटाको नतिजा भएको छ ।


बर्नाबाउमा सेल्टा भिगोले फेडोर स्मोलोभको गोलले अग्रता लिएको थियो । रियलका लागि त्यसयता टोनी क्रुस र सर्जियो रामोसले दुई गोल गरे । तर खेल सकिन चार मिनेट अगाडि ओकाया योकुस्लुले बराबरी गोल फर्काए ।

प्रकाशित : फाल्गुन ५, २०७६ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?