१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

आर्सनलको महत्त्वपूर्ण जित

एएफपी

लन्डन — आर्सनलले आइतबार राति इंग्लिस प्रिमियर लिगमा न्यु कासल युनाइटेडलाई ४–० ले हराएर युरोपेली च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना जीवन्त पारेको छ ।

आर्सनलको महत्त्वपूर्ण जित

त्यस जितमा पिएरे एमरिक अबमयाङ, निकोलस पेपे, मेजिट ओजिल र एलेक्जान्डर लेकाजेटले गोल गरे । मिखेल आर्टेटा प्रशिक्षक भएयता यो आर्सनलको दोस्रो जित मात्र हो ।


यो जितपछि आर्सनल दसौं स्थानमा उक्लेको छ । तर यो पाँचौं स्थानमा रहेको टोटनहमसँग छ अंकको मात्र दूरी हो । आइतबारकै अर्को खेलमा टोटनहमले एस्टन भिल्लालाई ३–२ ले हरायो ।

प्रकाशित : फाल्गुन ५, २०७६ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?