एन्फाद्वारा निलम्बित खेलाडी खेलमा फर्किए

नमिता दाहाल

काठमाडौँ — अनुशासनहीन काम गरेको भन्दै राष्ट्रिय टिमबाट बर्खास्त भएका चार खेलाडीहरुको निलम्बन फुकुवा गरिएको छ । विश्वकप २०२२ को छनोटमा कुवेत विरुद्ध प्रतिस्पर्धा गर्ने नेपाली टिमका ४ खेलाडीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले गत कात्तिक ३० गते प्रतिबन्ध लगाएको थियो ।

एन्फाले कात्तिक ३० देखि लागू हुने गरी स्टार फर्वार्ड विमल घर्तीमगर,मिड फिल्डर अन्जन विष्ट,अर्का मिड फिल्डर सन्तोष तामाङ र डिफेन्डर दीनेश राजवंशीलाई कारबाही गरेको थियो।उनीहरुको निलम्बन फुकुवा भएर हाल खेल्न थालेका छन्।


फिफा क्वालिफयर २०२२ को लागि भुटानमा खेल्न जानु अघिल्लो रात उनीहरु राति २ बजेसम्म ठमेलका विभिन्न ‘नाइट क्लब’हरुमा थिए। एन्फाका उच्च पदाधिकारीले प्रशिक्षक योहान कालीनसँगको छलफलपछि उनीहरुलाई टिमबाट बर्खास्त गरेको थियो।


कारबाहीमा परेकाहरु मध्ये विमल र दीनेशलाई ९० दिन, सन्तोष र अन्जनलाई ४५ दिन खेल्न प्रतिबन्ध लगाइएको थियो। एन्फाले अनुशासन तोडेको भन्दै उनीहरुलाई जनही ५० हजार जरिवाना गराएको थियो।सन्तोष र अन्जनको निलम्बन पुस १५ गते नै फुकुवा भएको थियो भने दीनेश र विमलको माघ ३० गते।


एन्फा अनुशासन समितिका उपाध्यक्ष सुरेश बस्नेतका अनुसार उनीहरुले अनुशासन तोडेको कुरा आफैंले स्वीकार गरेका थिए। उनले भने, ‘खेलाडी भइसकेपछि निश्चित नियम पालना गर्नुपर्छ। त्यो उहाँहरुले तोड्नु भयो। गल्ती उहाँहरु आफैले मान्नु भएको छ।’


निलम्बनमा परेपछि खेलाडीहरुले निलम्बन समय घटाउन धेरै पटक एन्फालाई गुहारेका थिए।


एन्फाको निलम्बनमा परेकामध्ये विमल घर्ती मगर शनिबार निलम्बन पछिको पहिलो खेल खेलेका थिए। उनी यो सिजन मछिन्द्र क्लबसँग आबद्ध भए।


निलम्बनमा परेपछि उनीहरुले घरेलु मैदानमा भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग) समेत गुमाउनु परेको थियो।


यो पनि पढ्नुहोस्ः

विश्वकप खेल्ने चार खेलाडी नाइट क्बलमा: विमल र अञ्जनसहित चारै खेलाडी राष्ट्रिय टिमबाट बर्खास्त प्रकाशित : फाल्गुन ४, २०७६ १६:००

प्रतिक्रिया
पठाउनुहोस्

महराविरुद्धकाे मुद्दामा अन्तिम सुनुवाइ हुँदै

कान्तिपुर संवाददाता

काठमाडौँ — पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धकाे मुद्दामा अन्तिम सुनुवाइ भइरहेको छ । काठमाडौं जिल्ला अदालतमा सुनुवाइ भइरहेको हाे ।

जिल्ला न्यायाधीश अम्बरराज पाैडेलकाे इजलासमा अन्तिम सुनुवाइ चलिरहेको हाे। महराकाे पक्षबाट रमण श्रेष्ठ, शेरबहादुर केसी र भीमार्जुन आचार्यकाे बहस सकिएकाे छ। लभ मैनाली, दिनमणी पाेखरेल र एक अर्का अधिवक्ताले बहस गर्न बाँकी रहेकाे महराका पक्षबाट बहसमा संलग्न एक अधिवक्ताले जानकारी दिए।

संघीय संसद्को सचिवालयमा कार्यरत कर्मचारीमाथि बलात्कारको प्रयास गरेको आरोपमा महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको थियाे ।


प्रकाशित : फाल्गुन ४, २०७६ १४:५३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×