१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

बार्सिलोनाको संघर्षपूर्ण जित

(एएफपी)

म्याड्रिड — एन्टोन ग्रिजमनको गोलको मद्दतले बार्सिलोनाले स्पेनी ला लिगामा गेटाफेको चुनौती २–१ ले समाप्त पारेको छ । गेटाफेले खेलको अन्त्यतिर कडा चुनौती पेस गरेपछि बार्सिलोनाले जितका लागि संघर्ष गर्नु परेको हो । 

बार्सिलोनाको संघर्षपूर्ण जित

यो जितपछि बार्सिलोना लिग तालिकामा रियल म्याड्रिडसँग समान अंकमा रह्यो । रियल गोल अन्तरले अगाडि भने छ । बार्सिलोनाका लागि सर्जियो रोबर्टोले पनि एक गोल गरे । खेलको ६६ औं मिनेटमा गेटाफेका लागि एन्जेल रोडरिग्वेजले गोल गरेपछि रोमाञ्चक स्थिति तयार भएको हो ।


प्रकाशित : फाल्गुन ४, २०७६ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?