ए डिभिजन लिगको उपाधि मछिन्द्रलाई

राजु घिसिङ

काठमाडौँ — शहिद स्मारक ए डिभिजन लिगको २०७६ को उपाधि मछिन्द्र क्लबले जितेको छ । शनिबार दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रले आर्मीलाई १-० गोल अन्तरले हराउँदै उपाधि जितेको हो । 

ए डिभिजन लिगको उपाधि मछिन्द्रलाई

खेलको ३४ औँ मिनेटमा मछिन्द्रका रजीन धिमालको फ्री किकमा आर्मीका डिफेन्डर विकास तामाङले आफ्नै पोष्टमा गोल गरेका थिए ।


मछिन्द्रले ३१ अंक जोड्यो भने आर्मी २९ अंकमा सीमित भयो ।

प्रकाशित : फाल्गुन ३, २०७६ १५:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?