कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

म्यानचेस्टर सिटी च्याम्पियन्स लिगबाट प्रतिबन्धित

एएफपी

लन्डन — युरोपेली फुटबल महासंघ (यूईएफए) ले म्यानचेस्टर सिटीलाई आर्थिक आचार संहिता उल्लंघन गरेको आरोपमा दुई सिजनका लागि युरोपेली च्याम्पियन्स लिगबाट प्रतिबन्ध लगाएको छ ।

म्यानचेस्टर सिटी च्याम्पियन्स लिगबाट प्रतिबन्धित

अब सिटीले सन् २०२०२१ र २०२१२२ को सिजनमा च्याम्पियन्स लिग खेल्न पाउने छैन् । यूईएफएले इंग्लिस प्रिमियर लिग क्लब सिटीमाथि तीन करोड डलर जरिवाना पनि लगाएको छ ।

सिटीले यूईएफएको यो निर्णयविरुद्ध कोर्ट अफ आर्बिटेसन फर स्पोर्टसमा अपिल भने गर्न पाउने छ । सिटीले यो निर्णयबाट आफूहरू अचम्ममा नपरेको र अपिल गर्ने बताइसकेको छ ।

सिटीले सन् २०१२ देखि २०१६ बीच क्लबको प्रायोजन र लेखा परीक्षणबारे अनुसन्धान गर्न खोज्दा सहयोग गरेको थिएन् । यूईएफएको यो निर्णयपछि सिटीले घरेलु प्रिमियर लिगमा पनि कारबाहीस्वरूप अंक गुमाउन सक्नेछ ।

प्रकाशित : फाल्गुन ३, २०७६ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?