१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

ए डिभिजन लिग : जावलाखेललाई हराउँदै मनाङ मर्स्याङ्दी तेस्रो स्थानमा

कान्तिपुर संवाददाता

काठमाडौँ — सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको अन्तिम खेलमा जावलाखेल युथ क्बललाई पराजित गर्दै मनाङ मर्स्याङ्दी क्बलले तेस्रो स्थान कायम गरेको छ ।

ए डिभिजन लिग : जावलाखेललाई हराउँदै मनाङ मर्स्याङ्दी तेस्रो स्थानमा

अन्तिम खेलमा जावलाखेललाई १—० ले पराजित गर्दै मनाङले तेस्रो स्थान पक्का गरेको हो । मनाङको जितमा निशान लिम्बूले ५७ औं मिनेटमा निर्णायक गोल गरे ।


मनाङले लिगमा १३ खेलमा २८ अंक जोडेको छ । जावलाखेलले १३ खेलमा १९ अंक जोड्दै छैठाैं स्थान बनाएको छ । यसअघि शुक्रबारै भएको अर्को खेलमा थ्रीस्टार क्बलले च्यासल युथ क्लबलाई २—० ले पराजित गरेको छ । थ्री स्टारको जितमा अनन्त तामाङ र भारतीय खेलाडी लाल राम्मवाले गोल गरे । थ्री स्टारले १३ खेलबाट २६ अंक जोडेको छ भने च्यासलले १३ खेलबाट १५ अंक जोडेको छ ।


शुक्रबार बिहान भएको खेलमा हिमालयन शेर्पाले न्यूरोड टीम (एनआरटी)लाई २—१ ले पराजित गरेको छ । एनआरटीका लागि ३० औं मिनेटमा राजेश परियारले गोल गर्दै अग्रता बनाएपनि हार भने टार्न सकेन । शेर्पाका लागि ४१ औं मिनेटमा स्टेफन समिरले गोल गर्दै बराबरी गरेका थिए । पहिलो हाफको इन्जुरी समयमा त्रिदेव गुरुङले गोल गर्दै शेर्पालाई जित दिलाए । १४ अंकसहित शेर्पा १० औं स्थानमा उक्लिएको छ । एनआरटी १५ अंकसहित ९ औं स्थानमा रहृयो ।


शनिबार त्रिभुवन आर्मी क्बल र मच्छिन्द्र क्लबले दशरथ रंगशालामा उपाधिका लागि भिड्ने छन् । दुवै टोली पहिलोपटक उपाधिको खोजीमा हुनेछन् । आर्मीलाई खेल बराबरी गरेमात्रै पुग्नेछ भने मच्छिन्द्रले उपाधि जित्नका लागि खेल जित्नैपर्ने छ ।

प्रकाशित : फाल्गुन २, २०७६ १९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?