ए डिभिजन लिग : हिमालयन क्लबद्वारा न्युरोड क्लब पराजित
काठमाडौँ — ए डिभिजन लिगको शुक्रबार भएको १३ औं चरणको पहिलो खेलमा हिमालयन क्लबले न्युरोड क्लब पराजित गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्लेक्समा भएको खेलमा हिमालयनले २–१ को जित निकालेको हो । हिमालयनको लागि खेलको ४१ औं मिनेटमा स्टेफन समिर देउवेनी र ४६ औं मिनेटमा त्रिदेव गुरुङले गोल गरी अग्रता दिलाएका थिए ।
न्युरोड क्लबको लागि भने खेलको ३१ औं मिनेटमा राजेश परियारले १ गोल गरेका थिए ।
यससँगै हिमालयनका त्रिदेव गुरुङ म्यान अफ द म्याच घोषित भए ।
लिगको अन्तिम खेल भने शनिबार त्रिभुवन आर्मी क्लब र मछिन्द्र क्लब बीच हुनेछ ।
प्रतिक्रिया