ए डिभिजन लिग : हिमालयन क्लबद्वारा न्युरोड क्लब पराजित 

नमिता दाहाल

काठमाडौँ — ए डिभिजन लिगको शुक्रबार भएको १३ औं चरणको पहिलो  खेलमा हिमालयन क्लबले न्युरोड क्लब पराजित गरेको छ । 

सातदोबाटोस्थित एन्फा कम्लेक्समा भएको खेलमा हिमालयनले २–१ को जित निकालेको हो । हिमालयनको लागि खेलको ४१ औं मिनेटमा स्टेफन समिर देउवेनी र ४६ औं मिनेटमा त्रिदेव गुरुङले गोल गरी अग्रता दिलाएका थिए ।

न्युरोड क्लबको लागि भने खेलको ३१ औं मिनेटमा राजेश परियारले १ गोल गरेका थिए ।

यससँगै हिमालयनका त्रिदेव गुरुङ म्यान अफ द म्याच घोषित भए ।

लिगको अन्तिम खेल भने शनिबार त्रिभुवन आर्मी क्लब र मछिन्द्र क्लब बीच हुनेछ ।


प्रकाशित : फाल्गुन २, २०७६ ११:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?