कर्पोरेट क्रिकेटका उत्कृष्ट खेलाडीले मोटरसाइकल पाउने

कान्तिपुर संवाददाता

काठमाडौँ — कर्पोरेट क्रिकेटमा उत्कृष्ट खेलाडीले पहिलो पटक मोटरसाइकल पाउने भएका छन् । एसएस इभेन्ट्सको आयोजनामा हुने माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिताको म्यान अफ द सिरिजलाई यामाहाको मोटरसाइकल दिन लागिएको हो । 

कर्पोरेट क्रिकेटका उत्कृष्ट खेलाडीले मोटरसाइकल पाउने

एसएसले फागुन ३ देखि ७ सम्म सुपर सिक्सको छैटौं संस्करण आयोजना गर्दै छ । एसएसले यसअघि गरेको प्रतियोगिता र विगतका कर्पोरेट सुपर सिक्स प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई अहिलेसम्म मोटरसाइकल दिइएको थिएन । एसएस इभेन्ट्सका प्रमुख कार्यकारी अधिकृत रमन सिवाकोटीले प्रतियोगितालाई नयाँ उचाइमा लैजान खेलाडीका लागि मोटरसाइकल पुरस्कार राखिएको बताए ।

माछापुच्छ्रे बैंकको प्रायोजनमा हुने प्रतियोगितामा २३ टोली छन् । समूह ‘ए’ मा भारतीय दूतावास, मेगा बैंक र सिप्रदी, समूह ‘बी’ नबिल बैंक र सुबिसु, समूह ‘सी’ सिभिल बैंक, प्राइम बैंक र नेपाल लाइफ इन्स्योरेन्स, समूह ‘डी’ मा सनराइज बैंक, सूर्य नेपाल र माछापुच्छ्रे बैंक, समूह ‘ई’ मा एनसेल ए, ग्लोबल आईएमई बैंक, गोर्खाज फाइनान्स, समूह ‘एफ’ मा द काठमाडौं पोस्ट, कामना सेवा विकास बैंक, कुमारी बैंक, समूह ‘जी’ मा सेन्चुरी बैंक, एनआईसी एसिया बैंक र नेपाल राष्ट्र बैंक तथा समूह ‘एच’ मा आईसीएफसी फाइनान्स, एनसेल ‘बी’ र नेपाल टेलिकम छन् ।


लिगकम नकआउटमा हुने स्पर्धाको खेल ५ ओभरको हुनेछ । विजेताले अर्को सिजनको संस्करणमा निःशुल्क प्रवेश पाउनेछ । उपविजेताले ट्रफी र अन्य उपहार पाउने छन् । उत्कृष्ट ब्याट्सम्यान, बलर, फिल्डर, विकेटकिपरसहित सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीलाई पुरस्कृत गरिनेछ ।

प्रकाशित : फाल्गुन २, २०७६ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?