ए डिभिजन लिग : ब्रिगेड ब्वाइज र एपीएफको बराबरी

नमिता दाहाल

काठमाडौँ — ए डिभिजन लिगअन्तर्गत बिहीबार भएको खेलमा एपीएफ क्लब र ब्रिगेड ब्वाइज १–१ को बराबरीमा रोकिएका छन् ।

ZenTravel

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एपीएफका लागि खेलको ४४औं मिनेटमा आशीष लामाले पहिलो गोल गरेका हुन् ।खेलको इन्ज्युरी समयमा ब्रिगेड ब्वाइजका लागि विजय गुरुङले बराबरी गोल फर्काएका थिए ।

Meroghar


बराबरीसँगै एपीएफ र ब्रिगेड ब्वाइज समान १२ खेलबाट समान ९ अंकका साथ १२ औं र १३ औं स्थानमा रहेका थिए ।खेलमा एपीएफका नविन लामा म्यान अफ द म्याच घोषित भए ।

प्रकाशित : फाल्गुन १, २०७६ १४:३४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

ए डिभिजन लिग : जुमानुको ह्याट्रिकसँगै पुलिस क्लबको सहज जित 

नमिता दाहाल

काठमाडौँ — ए डिभिजन लिग अन्तर्गत बिहीबार बिहान भएको खेलमा नेपाल पुलिसका जुमानु राईले फ्रेन्ड्स क्लबविरुद्ध ह्याट्रिक गरेपछि पुलिसले सहज जित हात पारको छ । 

लिगको अन्तिम चरणको बिहीबार बिहान भएको खेलमा पुलिस क्लबले फेन्ड्स क्लबविरुद्ध ३–० को नतिजा निकालेको हो। पुलिसका लागि खेलको जुमानु राईले ४९ औं, ५६ औं र ८५ औं मिनेटमा गोल गरेका थिए।

उनको गोलमा पुलिसले खेललाई एकपक्षीय बनाएको थियो।यस जितसँगै पुलिस २० अंकसहित अंक तालिकाको पाँचौं स्थान उक्लिएको छ।

यस खेलमा जुमानु राई ‘म्यान अफ द म्याच’ घोषित भए।

प्रकाशित : फाल्गुन १, २०७६ १२:०२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×