कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

ए डिभिजन लिग : ब्रिगेड ब्वाइज र एपीएफको बराबरी

नमिता दाहाल

काठमाडौँ — ए डिभिजन लिगअन्तर्गत बिहीबार भएको खेलमा एपीएफ क्लब र ब्रिगेड ब्वाइज १–१ को बराबरीमा रोकिएका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एपीएफका लागि खेलको ४४औं मिनेटमा आशीष लामाले पहिलो गोल गरेका हुन् । खेलको इन्ज्युरी समयमा ब्रिगेड ब्वाइजका लागि विजय गुरुङले बराबरी गोल फर्काएका थिए ।


बराबरीसँगै एपीएफ र ब्रिगेड ब्वाइज समान १२ खेलबाट समान ९ अंकका साथ १२ औं र १३ औं स्थानमा रहेका थिए । खेलमा एपीएफका नविन लामा म्यान अफ द म्याच घोषित भए ।

प्रकाशित : फाल्गुन १, २०७६ १४:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?