कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

क्रिकेट विश्वकप लिग २ मा ओमानको ‘क्लिन स्विप’

विनोद पाण्डे

काठमाडौँ — ओमानले अमेरिकालाई ९२ रनले पराजित गरी क्रिकेट विश्वकप लिग २ मा ‘क्लिन स्विप’ गरेको छ । त्रिकोणात्मक शृंखलाका सबै चार खेल जित्नेक्रममा ओमानले अमेरिका र नेपालमाथी २, २ विजय हात पारेको हो ।

क्रिकेट विश्वकप लिग २ मा ओमानको ‘क्लिन स्विप’


कप्तान जिसान मक्सुद र उपकप्तान अकिब इल्यासको शतकमा ओमानले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा निर्धारित ५० ओभरमा ६ विकेट गुमाई २ सय ७६ रन बनायो । जबाफमा आएको ओमान ३९.१ ओभरमा १ सय ८४ रनमा अलआउट भयो । अमेरिकाले पहिलो तीन खेल नै हारिसकेको छ र टोलीले बुधबार नेपालसँग अन्तिम खेल खेल्दै छ ।


ओमानले यस शृंखलामा लगातार चौथो खेल जितेर अमेरिकासँगको दुरीलाई अझ फराकिलो बनाएको छ । ओमान १० खेलमा ८ विजय हात पार्दै १६ अंकका साथ शीर्ष स्थानमा छ । शृंखला अघि शीर्ष स्थानमा रहेको अमेरिका ११ खेलमा ६ मा विजय हात पार्दै १२ अंकका साथ दोस्रो स्थानमा छ । नेपालले ३ खेलमा एकमा मात्र विजय हात पार्न सकेको छ ।


कीर्तिपुरको टर्निङ विकेटमा अमेरिकाका ब्याट्सम्यान मंगलबार पनि जम्‍न सकेनन् । निसर्ग पटेलले ३६ बलमा ५२ रन बनाए । उनले ४ चौका र ४ छक्का प्रहार गरे । पहिलो दुई खेलमा ओपनरको रुपमा फ्लप भएका एरोन जोन्स ४७ रन बनाई अविजित रहे । जोन्सले ७९ बल खेली ३ चौका प्रहार गरे ।


ओपनर जेभियर मार्शल २३, इयान हल्यान्ड २८ र रुस्टी थेरोन १२ रनमा आउट भए । ओमानका अकिब इल्यास र बिलाल खानले ३,३ तथा कप्तान जिसन मक्सुदले २ र मोहम्मद नदिमले १ विकेट लिए ।


यसअघि ओमानबाट मक्सुदले १ सय ९ र इल्यासले १ सय ५ रन बनाएका थिए । इल्यासको यो लगातार दोस्रो शतक हो । नेपालसँगको खेलमा १ सय ९ रन बनाउदै इल्यास एकदिवसीय अन्तर्राष्ट्रिय शतकमा बनाउने ओमान पहिलो खेलाडी बनेका थिए । त्यसलाई निरन्तरता दिदै मंगलबार पहिला मक्सुदले र त्यसपछि इल्यासले शतक बनाएका हुन् ।


जतिन्दर सिंह ९ र खावर अली १० रन बनाएपछि इल्यास र मक्सुदले तेस्रो विकेटमा २ सय १६ रनको साझेदारी गरे । मक्सुद आउट हुने पहिलो खेलाडी थिए । उनले १ सय ९ बल खेली १० चौका र ४ छक्का प्रहार गरे । मक्सुद र इल्यास दुबैलाई अमेरिका कप्तान सौरभ नेत्राभाल्करले आउट गरे । इल्यासले १ सय २३ बल खेली ११ चौका र १ छक्का प्रहार गरे ।


सन्दीप गौड १३ रनमा अविजित रहे । अमेरिकाबाट नेत्राभाल्कर र रुस्टी थेरोनले ३,३ विकेट लिए ।

प्रकाशित : माघ २८, २०७६ १६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?