कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ए डिभिजन लिग : एनआरटीलाई हराउँदै थ्रीस्टार शीर्ष तीनमा

नमिता दाहाल

ललितपुर — एनआरटीलाई १–० ले पराजित गर्दै थ्रीस्टार ए डिभिजन लिगको शीर्ष तीनमा उक्लिएको छ । 

ए डिभिजन लिग : एनआरटीलाई हराउँदै थ्रीस्टार शीर्ष तीनमा

मंगलबार एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफसम्म गोलरहित भएको थियो । खेलको ७७ औं मिनेटमा दिपेश घलेले थ्रीस्टारका लागि निर्णायक गोल गरे ।

जितसँगै थ्रीस्टारले १२ खेलबाट २३ अंक जोडेको छ भने एनआरटीको समान खेलबाट १५ अंक रहेको छ । समान खेलबाट २९ अंकसहित त्रिभुवन आर्मी क्लब शीर्ष स्थानमा छ ।

प्रकाशित : माघ २८, २०७६ १४:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?