१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

ए डिभिजन लिग : ब्रिगेड ब्वाइजलाई हराउँदै आर्मी शीर्ष स्थानमा

नमिता दाहाल

काठमाडौँ — ब्रिगेड ब्वाइज क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार बिहान सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीले ब्रिगेड ब्वाइजलाई ३–० ले हराएको हो । 

ए डिभिजन लिग : ब्रिगेड ब्वाइजलाई हराउँदै आर्मी शीर्ष स्थानमा

आर्मीका लागि खेलको पाँचौं मिनेटमा कप्तान भरत खवासले पहिलो गोल गरेका थिए । योसँगै भरतले ए डिभिजन लिगमा आफ्नो गोल संख्या ५० पुर्याएका छन् । त्यस्तै खेलको ५४औं मिनेटमा विकास तामाङ र ७०औं मिनेटमा टेकबहादुर बुढाथोकीले आर्मीका लागि गोल गरेका थिए ।

आर्मी १२ खेलबाट २९ अंकसहित शीर्ष स्थानमा रहेको छ । त्यस्तै दोस्रो स्थानमा रहेको मछिन्द्रको २८ अंक रहेको छ ।


त्यस्तै उपाधि होडबाट बाहिरिसकेका मनाङ मर्स्याङ्दी र नेपाल पुलिस तथा थ्री स्टार र एनआरटी क्लबबीचको खेल मंगलबार नै हुँदैछ ।

थ्री स्टार र एनआरटीको खेल सवा १२ बजेबाट सुरु हुन्छ भने मनाङ मर्स्याङ्दी र नेपाल पुलिसबीच साढे तीन बजेबाट खेल सुरु हुनेछ ।

प्रकाशित : माघ २८, २०७६ ११:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?